नेविसंघ गैडाकोटद्वारा एसइइ उत्तीर्णलाइ सम्मान

0
277

रेजिना ढकाल गैडाकोट ११ साउन । नेविसंघ गैडाकोट नगर समन्वय समितिले २०७५ सालको एसइइ परिक्षामा उत्तीर्ण विधार्थीहरुलाई सम्मान गरेको छ । कार्यक्रमको नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले उद्घाटन गरे । उद्घाटन गर्दै नेता पौडेलले नेपाल बिद्यार्थी संघले निरन्तर विद्याथीको हक हितको लागि चलायमान हुनुपर्ने बताए । नेपालमा अब ब्यबहारिक शिक्षा पद्दति विकास गर्न सबै पक्ष अग्रसर हुनुपर्ने उनको भनाइ छ । नेपालको राजनितिक शैक्षिक ईर्तिहासमा नेपाल विधार्थी संघ मुख्य भुमिका रहेको पौडेलले सम्झिए । कार्यक्रम नेपाल विधार्थी संघ नगर समन्वय समिति गैडाकोट नगरपालिकाका अध्यक्ष रमेश कोइरालाको अध्यक्षतामा सम्पन्न भयो ।

Advertisements

LEAVE A REPLY