पशु आहार व्यबस्थापन गर्न पूर्ण मिश्रण सहितको पशु आहार

0
95

शिव शर्मा भरतपुर, १२ साउन । पछिल्लो समय पशु आहारको व्यबस्थापनले कृषकलाई चिन्तित बनाउन थालेको छ । उन्नत प्रजातिका दुधालु गाइ पाल्ने क्रम बढेसंगै तिनीहरुको आहार मुख्य चिन्ताको बिषय बन्दै गएको हो । न्युन उत्पादन, उच्च माग, अनियन्त्रित र बिचौलियाले ग्रस्त बजारका कारण अहिले पशु आहारमा भारी मूल्य बृद्दि भएको छ । अहिले कच्चा पदार्थको रुपमा प्रयोग हुदै आएको मकैको मूल्य बढे संगै भएको मूल्य बृद्दिले पशुपालक किसानको ढाड सेकाएको छ । पशु आहारको रुपमा प्रयोग हुदै आएको दाना, चोकरको मूल्यमा अहिले ३० प्रतिशत सम्म मूल्य बृद्दि भएको छ ।

पशु आहार पशुपालक कृषकका लागी समस्याको रुपमा बिकसित हुदै गएपछि अन्नपुर्ण दुग्ध उत्पादन सहकारी संस्था गीतानगरमा ९शनिवार० पूर्ण मिश्रण सहितको पशु आहार उत्पादन सम्बन्धी छलफल भएको छ । बहु कृषि पशु आहार उत्पादन समूहको आयोजनामा व्यबसायिक किसान केन्द्रित अन्तरक्रिया एबम छलफल थालिएको हो । चितवन भित्र र जिल्ला बाहिरका समेत कृषकको सहभागितामा भएको छलफलमा न्युन लागतमा पशु आहार उत्पादन सम्बन्धी बृहत छलफल भएको हो । अहिले पशुपालक किसानले दुध बिक्रीबाट भएको आम्दानीको ७० प्रतिशत लागत आहारमा खर्च गर्ने गरेका छन् । २४ घण्टामा एउटा दुधालु गाइ भैसीलाई आवस्यक पर्ने पोषण तत्वको मात्रा समिश्रण गरि ब्लक निर्माण प्रविधी मार्फत तयार गरिएको आहार नै पूर्ण मिश्रण सहितको आहार हो । न्युन लागतको आहार व्यबस्थापनका लागि पूर्ण मिश्रण सहितको आहार ९डि.टि.एम.आर.० कृषकका लागि निकै फलदायी हुने अन्नपुर्ण दुग्ध उत्पादन सहकारीका अध्यक्ष भगिरथ तिमिल्सेनाले बताए । “उत्पादन लागतका कारण किसानहरु पेशाबाट पलायन हुने सम्भावना बढेको छ । किसानको गोठ गोठमा पुन मिश्रण सहितको पशु आहार पुर्याउन सके किसानको आर्थिक आय आर्जनमा समेत बृद्दि हुनेछ ।” अध्यक्ष तिमिल्सेनाले भने, “यो पशु आहार पशुपालनका लागि नयाँ आयाम बन्न सक्छ ।” २० देखि ३० प्रतिशत लागत घटाउन आफुहरु केन्द्रित भएको उनले बताए ।

भरतपुर महानगरपालिका भेटेनरी शाखा प्रमुख डा. सुरेन्द्र यादबले महानगरले पूर्ण मिश्रण सहितको पशु आहारको लागि समन्वय गर्ने गरि योजना बनाएको बताए । पराल, घाँस, भुस, हे, साइलेस मिलाएर हाइड्रोलिक प्रविधी मार्फत ब्लक तयार गरि पूर्ण मिश्रण सहितको पशु आहार तयार गरिन्छ । उनका अनुसार एउटा दुधालु गाइलाई तौलको आधारमा सामान्यतया २० किलो घाँस, ५ किलो सुख्खा पराल र ३ किलो दाना आवस्यक पर्दछ । दानाको मूल्य बढ्दै जाँदा स्थानीय स्तरमा उत्पादित कच्चा पदार्थको प्रयोग मार्फत पूर्ण मिश्रण सहितको पशु आहार बनाइने हुदाँ लागत न्यूनीकरण गर्न सकिने प्रमुख यादवको बुझाइ छ ।

अत्याधिक लागत आहारमा खर्च हुने हुदाँ आम्दानी र बचतमा क्रमश गिरावट आएको छलफलमा सहभागी किसानहरुले बताएका थिए । न्युन लागतमा पूर्ण खाध्य तत्व भएको आहार प्रयोग गर्न सके आफुहरुको उत्पादन समेत बृद्दि हुने उनीहरुको भनाइ छ । अन्तरक्रियामा कास्की जिल्लाबाट ६ किसान सहित ४० जनाको सहभागीता थियो ।

 सोहि क्रममा स्वच्छ दुधको उत्पादनका लागि किसानलाई ४ सय आल्मुनियमका क्यान र दुध छान्ने जालीको वितरण गरिएको छ । अन्नपुर्ण दुग्ध उत्पादन सहकारीले प्लास्टिक क्यानको प्रयोग न्यूनीकरणका लागि क्यान वितरण सुरु गरेको अध्यक्ष तिमिल्सेनाले बताए । उनका अनुसार प्लास्टिकका भाडामा अप्रसोधित दुध लिएर हिड्दा दुध बिग्रिने, भाडा सफा नहुने गर्दछ । जसका कारण दुधमा अम्लियपन बढ्न गइ दुधको गुणस्तरमा कमी आउछ । भरतपुर ६ केशरबागमा रहेको अन्नपुर्णले अहिले दैनिक ५ हजार लिटर दुध संकलन गर्ने गरेको छ । अन्नपुर्णले विविधिकरण मार्फत बजारीकरण गरि उपभोक्तालाई स्वच्छ दुधको उपभोग गराउदै आएको छ । आजको कायाकैरन दैनिकमा समचार छ ।

LEAVE A REPLY