चितवन मेडिकल कलेजमा हेपाटोलोजी तथा कलेजो प्रत्यारोपणको ओपीडी सेवा सुरु

0
82

सुरक्षा न्यौपाने १२ साउन । चितवन मेडिकल कलेजले हेपाटोलोजी तथा कलेजो प्रत्यारोपणको ओपीडी सेवा सुरु गरेको छ । विश्व हेपाटाईटिस डेको अवसर पारेर कलेजो सम्बन्धि जटिल रोगबाट ग्रस्त बिरामीहरुको लागि ओपीडी सेवा सुभारम्भ गरेको हो । कलेजोको क्यान्सर तथा ‘लिभर सिरोसिस’ जस्ता समस्याका कारण बर्सेनी मृत्युदर बढिरहेको अवस्थामा सिएमसीले यो सेवा सुरु गरेको हो । नेपालमा हाल करिब डेढ लाख कलेजो बिग्रिएका बिरामी रहेका छन् ।

राजधानी बाहिर कलेजोसंग सम्बन्धित रोगहरुका विषयमा राम्रो उपचार गर्ने अस्पतालको समेत अभाव रहेको छ । सिएमसीले यसअघि नै कलेजो प्रत्यारोपणको स्वीकृति लिईसकेको र कलेजो प्रत्यारोपण सेवालाई लक्षितगरी ओपीडि सेवा सुरु गरिएको अस्पतालले आज पत्रकार भेटघाट कार्यक्रम गरि जानकारी दिएको हो । सिएमसीले कलेजो सम्बन्धी रोगको लागि दक्ष जनशक्तिको टिम तयार गरिसकेको छ । चितवनमा पहिलो पटक सिएमसीले चितवनलाई कलेजो सफल प्रत्यारोपणको देशकै हव बनाउने उद्देश्यले उक्त सेवा संचालन गरेको र आवश्यक उपकरण, पुर्वाधार निर्माण र दक्ष जनशक्तिको संयोजन मिलाउने काम सकिएकोसंगै प्र्त्यारोपणको ८० प्रतिशत काम सकिएको अस्पातलले जनाएको हो । कलेजो प्रत्यारोपण गरेर कलेजोका बिरामीहरुलाई जिवनप्रति नयाँ आशा जगाउँने जमर्को स्वरुप सेवा सुरु गर्ने सिएमसीले राष्ट्रिय रुपमा नै अति विशिष्ट सहितको विशेषज्ञ सेवा प्रदान गर्दै आईरहेको छ ।

हेपाटाईटिस बी रोगको क्षेत्रमा योगदान पुर्याएका अमेरिकन चिकित्सक ब्लम्बर्गको जन्मदिनको अवसर पारेर जुलाई २८ लाई विश्वभर हेपाटाईटिस डे का रुपमा मनाईन्छ । जटिल अवस्थामा पुगेपछि मात्रै कलेजो सम्बन्धि रोगहरुबारे थाहा हुने भएकाले यसको उपचार सहज नहुने भएको छ । हाल विश्वभर यस्ता प्रकृतीका रोगको संक्रमणदर उच्च रहेको छ ।

यसै विषयमा जानकारी दिने उद्देश्यले आज विहान र्‍याली समेत गरिएको थियो । बिहान करिब साढे सात बजे सिएमसीबाट सुरु भएको र्‍याली चौबीसकोटी, मालपोतचोक, भरतपुर अस्पतालहुँदै दीपेन्द्रचोक निस्केर पुनः सिएमसी पुगेर सकिएको थियो । र्‍यालीमा करिब ४ सय जनाको सहभागिता रहेको थियो ।

LEAVE A REPLY