कालिका नगरपालिकामा सिसि क्यामरा जडान सुरु

0
226

रेजिना ढकाल साउन १४ । कालिका नगरपालिले नगरपालिका क्षेत्रका मुख्य बजार क्षेत्रमा सिसि क्यामेरा जडान गरी बजार क्षेत्रलाई निगरानी गर्न थालेको छ । खोलेसिमल बजार देखि क्बल चोकको प्रकाश मेडिकल सम्म सिसि क्यामेरा जडान गरेको छ । पदमपुर बजार, जुटपानी बजार, शक्तिखोर बजार लगायत नगर क्षेत्रका अन्य बजार क्षेत्रमा पनि सिसि क्यामेरा जडानको काम भइरहेको नगरपालिकाले जनाएको छ । अहिले सम्म १६ वटा सिसि क्यामेरा जडान भइसकेको कालिका नगरपालिकाका उपप्रमुख कमला भट्टराईले जानकारी दिनुभयो । कालिका नगरक्षेत्रमा अपराधिक घटनाहरु बढ्दै गएपछि कालिका नगरपालिकाले सिसि क्यामेरा मार्फत नगरक्षेत्रको निगरानी गर्ने तयारी गरेको हो । भरतपुरदेखि भोजाड हुदै कालिका नगरपालिका प्रवेशगर्ने द्धार पदमपुरमा पनि सिसि क्यामेरा जडान हुनेछ । हाल जडान भएका सिसि क्यामेरामा कैद भइरहेका गतिविधिहरु नगरपालिकाको आइटी विभागवाट निगरानी गर्ने गरिएको छ । कालिका नगरपालिकामा अपराधिक घटनाहरु दिन प्रतिदिन बढ्दै गएपछि नगरपालिकाले सिसि क्यामेरा मार्फत नगर क्षेत्रका मुख्य बजारलाई निगरानी गर्ने योजना अनुसार यो काम सुरु गरिएको हो ।

Advertisements

LEAVE A REPLY