फिफा वर्ष खेलाडीको मनोनयन सार्वजनिक आज

0
89

एजेन्सी । फिफा वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक आज ९बुधबार० हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सबै विधाका लागि १०–१० खेलाडीको मनोनयन सार्वजनिक गर्ने भएको हो ।

फिफा वर्ष खेलाडी पुरुषको मनोनयन नेपाली समयअनुसार साँझ ७ः४५ मा हुनेछ । त्यसअघि फिफाले उत्कृष्ट महिला प्रशिक्षकको मनोनयन नेपाली समयअनुसार साँझ ४ः४५ बजे सार्वजनिक गर्नेछ । त्यस्तै उत्कृष्ट पुरुष प्रशिक्षकको मनोनयन ५ः४५ बजे सार्वजनिक हुनेछ भने फिफा वर्ष खेलाडी महिलाको मनोनयन ६ः४५ बजे सार्वजनिक गर्नेछ ।
फिफा वर्ष खेलाडीको अवार्ड गत वर्ष क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले जितेका थिए ।

LEAVE A REPLY