एनआरएनए कतारको महासचिव पदको लागी गिरीको उम्मेद्बारी

0
375

सुरक्षा न्यौपाने चितवन , १५ साउन । गैर अवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको महासचिव पदका लागी तनहुँका पदम गिरीले आफ्नो उम्मेद्बारी घोषणा गरेका छन् । उनले २०१९(२०२१ पदावधीको लागी उम्मेद्बारी दिएका हुन् । करिब एक दशक खाडी मुलुक कतारमा बिताएका गिरीले बिभिन्न संघ सस्थामा आवद्ध भै काम गर्दै आएका छन् । सक्षम ब्याक्तित्व, स्पष्ट बक्ता, नेतृत्व गर्न क्षमतावान गिरी तनहुँ जिल्ला ग्रामीण तथा निकै बिकट ऋषिङ गाउपालिका वडा नं. ५ मा जन्मिएका हुन् । माध्यमिक शिक्षा सकिएपछी उच्च शिक्षाको लागी काठमाडौ गएतापनि विभिन्न कारणले बिदेशिनु परेको गिरीको भनाइ छ। “जन्म सानो परिवारमा भएता पनि मनभने ठुलो छ, जसलाइ अर्काको दुख देखी सहन्य हुदैन” गिरीले भने,”प्रबासमा पनि बिभिन्न संघ सस्थाको नाम बाट दुखी, गरिबी र बेसाहराहरुलाइ सहयोग गर्दै आएको छु ।” सानो उमेरमा नै देश र जनताको लागी केहि समय छुट्याउने गिरीले नेपालमा हुदा पनि बिद्यार्थी, सामाजिक कार्यमा पनि नेतृत्व गरेका गिरी प्रबासमा पनि विभिन्न संघ सस्थाको स्थापना तथा कार्यसमितिमा छन् । । उनि तनहुँ सेवा समाज कतारको महासचिव समेत छन् । साधरण र सक्षम ब्यक्ति गिरीले आफ्नो उम्मेद्बारी पदको लागी नभई काम को लागी रहेको बताएका छन् ।

Advertisements

LEAVE A REPLY