लकिङ प्रणाली तोडेर ट्याङ्करको ६ सय लिटर पेट्रोल चोरी

0
192

 १६ साउन,  नेपाल आयल निगमको तेल बोक्ने ट्यांकरबाट अत्याधुनिक लकिङ प्रणाली तोड्दै ६ सय लिटर पेट्रोल चोरी भएको छ ।भारतको बरौनीबाट करीब ४०० किलोमिटर यात्रा गरेर थानकोट डिपो आइपुगेको एउटा ट्याङ्करबाट ६०० लिटर तेल गायब भएपछि गरिएको अनुसन्धानबाट चोरी पत्ता लागेको हो ।

Advertisements

साउन ८ गते बुधबार भारतको बरौनी डिपोबाट पेट्रोल भरेर नेपालका लागि हिँडेको ना ४ ख ५६२६ नम्बरको ट्याङ्कर साउन १४ गते निगमको थानकोट डिपोमा आइपुग्यो । तर थानकोट आइपुग्दा ट्याङ्करबाट ६ सय लिटर तेल चोरी भइसकेको थियो ।

पेट्रोल चोरी भएको पत्ता लागेपछि निगमले ट्याङ्कर चालक सागर गुरुङलाई नियन्त्रणमा लिएको छ भने ट्याङ्कर डिपोमै राखेको छ । चालक र ट्याङ्करलाई कारबाहीका लागि आयल निगममा पत्राचार गरिसकेको थानकोट डिपो प्रमुख भरत रेग्मीले बताए ।

रेग्मीका अनुसार २० हजार लिटर तेल अटाउने ट्याङ्करमा चार वटा च्याम्बर हुन्छन् । एउटा च्याम्बरमा ५ हजार लिटर अटाउँछ । चार वटा च्याम्बरमध्ये २ वटामा कम इन्धन भेट्टिएपछि तेल चोरी भएको पत्ता लागेको हो ।

LEAVE A REPLY