प्रोफेसनल एजुकेसन पव्लिक स्पिकिंङ्गको उपाधी प्रकृतीले जितिन्

0
353

चितवन १७ साउन । प्रोफेसनल एजुकेसन पव्लिक स्पिकिंङ्ग च्याम्पियनसिपको उपाधी बालकुमारी कलेजकी प्रकृती न्यौपानेले जितेकी छन । सिनर्जी एफ.एम.को आयोजनामा भएको च्याम्पियनसिपको अन्तिम चरणको प्रतिस्पर्धामा ८ अन्य फाईनल प्रतियोगीलाई पछि पर्दै न्यौपानेले १ लाख रुपैयाँ हात पारेकी हुन् । त्यस्तै एकता शिशु निकेतनका आशिष बन्जरा दोस्रो भए । उनले ५० हजार नगद हात पार्दा कृषि तथा बन बिज्ञान विश्व बिद्यालय की अनुज्ञा भट्टराईले तृतीय स्थान हात पारिन । उनले नगद २५ हजार प्राप्त गरिन् । नारायणी कला मन्दिरमा भएको फाईनल प्रतिस्पर्धामा प्रतिस्पर्धीले ३ चरणमा प्रतिस्पर्धा गरेका थिए ।

Advertisements

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद बिजय सुबेदीले हरेक व्यक्तिको क्षमता बुझ्न सकेमा हरेक व्यक्ति भित्रको क्षमताको उपयोग गर्न सकिने बताए । व्यक्तित्व क्षमता बिस्तार गर्न वक्तृत्वकलाले मद्दत गर्ने उनको भनाइ छ । त्यस्तै सिनर्जी एफ एमका प्रबन्ध निर्देशक सहनलाल प्रधानले व्यक्तित्व विकासमा वक्तृत्वकलाले बिशेष भूमिका खेल्ने बताए ।

फाईनलमा ९ जनाले प्रतिस्पर्धा गरेका थिए । बिद्यार्थीको बोल्ने कलाको बिकास गर्न कार्यक्रमको आयोजना भएको हो ।
उपाधिको लागिे जनजीवन माध्यामीक विद्यालय माडिकी सोनु अधिकारी, विजय विकास सामुदायिक विद्यालय गौडाकोटकी साहारा सापकोटा, ग्लोसाइन एकेडेमी रत्ननगरका पुस्तक पौडेल, बालकुमारी कलेज नारायणगढकी प्रकृति न्यौपाने, एकता शिशु निकेतनका आशिष वन्जारा, कृषि तथा वन विज्ञान विश्वविद्यालयका अनुज्ञा भट्टराई , पल्लबी श्रेष्ठ र सन राईज इङ्गलीस स्कुलकी खुस्बु भण्डारी र श्रेया सुवेदी सहित ९ जना विद्यार्थीहरु विच उपाधिका लागि अन्तीम प्रतिस्पधा भएको थियो ।

गत बर्ष माघ देखि सुरु भएको च्याम्पियनसिपमा चितवन, नवलपुरका विभिन्न २४ बिद्यालय बाट अडिसन भएको थियो । ५ सय १० जना सहभागी बाट सुरु भएको प्रतियोगितालाई प्रोफेसनल एजुकेसन कन्सल्टेन्सिले मुख्य प्रायोजन गरेको थियो । रेडियोले १८ औ बर्ष प्रवेश गरेको अवसरमा स्थानीय बिषयबस्तु र स्रोता मुखी विभिन्न कार्यक्रम गर्दै आएको छ ।

LEAVE A REPLY