कांग्रेस जिल्ला सचिवको भक्तपुरमा राष्ट्रिय भेला, सचिवहरुको प्रशिक्षण व्यबस्थापन एवं समन्वय समिति गठन

0
211

चितवन १७ साउन । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिवहरुको राष्ट्रिय भेला भक्तपुरमा सम्पन्न भएको छ । आज सम्पन्न भेलाले राष्ट्रिय सचिवहरुको प्रशिक्षण व्यबस्थापन एवं समन्वय समिति गठन गरेको छ । काठमान्डौ जिल्ला सचिव राजकुमार नकर्मीको संयोजनमा गठित समितिमा चितवन जिल्ला सचिव उत्तम जोशी, भक्तपुरका सचिव उद्दव सिलवाल छन । त्यस्तै ललितपुर जिल्ला सचिव भिमसेन घिमिरे, सिन्धुलीका सचिव दिपक कुमार घिमिरे, मकवानपुरका बुद्ध लामा लगाएत बिनोद तिमिल्सेना, झलक नेपाल, दिनेश लामा, निशान ढुंगाना लगाएत सदस्यमा अटाएका छन् ।
बैठकले सात वटैका प्रदेश राजधानी रहेका जिल्लाका सचिवको नेतृत्वमा प्रदेश स्तरिय समिति समेत गठन गर्ने निर्णय भएको छ ।
बैठकले केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठान संग भाद्र २१ र २२ गते राष्ट्रिय सचिवका लागि प्रशिक्षण कार्यक्रम गर्न प्रस्ताव गर्ने निर्यण गरेको छ ।
पार्टीको १३ औ महासमिति बैठकबाट पारित बिधान जिल्ला तह र स्थानीय वडा वडा सम्म पुर्याउने उद्देस्यले प्रशिक्षण गर्न लागिएको हो । कार्यक्रम नेपाली कांग्रेस काठमान्डौ जिल्ला सचिव राजकुमार नकर्मीको सभापतित्वमा भएको हो । कार्यक्रममा काठमान्डौ जिल्ला सभापति सवुज बानिया, भक्तपुरका सभापति दुर्लभ थापा लगाएतको सहभागिता थियो ।

Advertisements

LEAVE A REPLY