नारायणी सम्बृद्धि रियल स्टेटको सरकारी राजश्वमा वृद्धि

0
224

सुरक्षा न्यौपाने भरतपुर , साउन १७ । नारायणी सम्बृद्धि रियल स्टेट चितवनले नेपाल सरकारको राजश्वमा वृद्धि गर्ने भएको छ । जस्ले गर्दा देशमा विकास हुने उद्देश्यले यो कम्पनीको स्थापना गरिएको हो । आज भएको पत्रकार सम्मेलनमा बोल्दै कम्पनिका ईन्भेस्टमेन्ट प्राईभेट काठमाडौका अध्यक्ष सुर्य नारायण तामाङले रियल स्टेट ले ०.५ देखि ३.५ सम्म कमिशन गराउने बताए । उनले कमजोर परिस्थितिमा गएको यो कम्पनिलाई राम्रो संग मर्यादाशिल अघि लैजाने बताए । यो कम्पनिले घर जग्गा खरिद बिक्रि, विविध प्रकारका घर अपार्टमेण्ट, व्यापारिक कम्प्लेक्सहरु भाडा, ठेक्का वा लिजमा लिई व्यक्तिहरुलाई भाडा तथा लिजमा लगाउने जस्ता व्यवसाय गर्नुको साथै यस सम्बन्धि परामर्श तथा तालिम पनि दिने तामाङले बताएका हुन ।यो कम्पनिले चितवनमा मात्रै नभएर बनेपा, बुटवल ,इटहरी मा समेत रहेको र सबैको लागि सम्बृद्धि हुने गरि स्थापना गरेको तामाङ ले जानकारी दिएका हुन । त्यस्तै भरतपुर महानगरपालि वडा नं ५ चितवनका अध्यक्ष अर्जुन अधिकारीले यो कम्पनीले अन्तर्राष्ट्रिय स्तरको सेवा पनि दिने बताएका हुन । अधिकारीले कम्पनी संस्थापक रुपमा फरक ढंगले संचालन हुने बताए । कम्पनिलाई वैज्ञानिक, पारदर्शी र सहि मुल्यांकनको आधारमा पेशागत घर जग्गाको कारोबार गरि अघि बढाउने अधिकारिले बताएका हुन ।

Advertisements

LEAVE A REPLY