‘किस्ता किस्ता जिन्दगी ’ माथि समिक्षा

0
355

सुरक्षा न्यौपाने भरतपुर साउन १८ । ‘किस्ता किस्ता जिन्दगी ’ कविता संग्रहको समिक्षा गरिएको छ । कविता संग्रहले जीवको अस्तित्वलाइइ जिबन्त पार्न खोजेको समिक्षकको बुझाई छ । सम्पूर्ण किताबको आयोजनामा आज भएको कविताका विमोचना कार्यक्रममा बोल्दै समिक्षक सुजता देवकोटाले कवितामा मानिसकोे जति अंहकार भए पनि आखिरी मृत्युसंगै मिल्ने बताइन । कवितामा सरल स्पष्ट भाषा प्रयोग गरि लेखिएको कविता आफैमा पूर्ण रहेको र यसले आध्यात्मिक कुरालाई समेटिएको उनको बुझाई छ । देवकोटाले कविता सान्दर्भिक र मार्मिक रहेको बताइन । त्यसै गरी डा.एकनारायण पौडेल र जीवन युगिन दुवैले कविताको समिक्षा गरेका थिए ।

Advertisements

पौडेलले कवितामा दार्शनिक पक्ष, कविकार आर।वि।निश्चलले कविताले जीवनको अस्तित्व खोजेको बताएका छन् । उनले सानै उमेर देखी जीवन र अस्तित्वको खोजी गरेको उनले बताए । आज भएको परिचर्चा कार्यक्रमकी समिक्षक युवा सामाजिक सेवाकवि आर। वी निश्चलको कविता सङ्ग्रह “किस्ता किस्तामा जिन्दगी” माथि समिक्षा गरिएको छ । जातिय छुवाछुतलाई उठान गरिएको यो कवितासङ्ग्रह चिन्तन अस्तित्वको, कवि–पंक्षी पिँजडा, उत्कण्ठा मुक्तिको गरी तीन खण्डमा रहेको छ । सम्पूर्ण किताबको आयोजनामा आज ९शनिबार० भएको परिचर्चामा “ किस्ता किस्तामा जिन्दगी” माथि समीक्षक डा। एकनारायण पौडेल, जीवन युगिन, सुजाता देवकोटाले समीक्षा गरे ।

सामाजिक मुद्धा बोकेको यस कृतिमा लेखकले छुवाछुतको विषयलाई राम्रो संग उठान गरेको र कृतिको शव्द चयनले लेखकको लेखकिय क्षमतालाई स्पष्ट रुपले झल्काएको टिप्पणी समीक्षकहरुको थियो । मञ्जरी पब्लिकेशनले प्रकाशन र टाइम्स क्रियसनले आवरण गरेको “किस्ता किस्तामा जिन्दगी” आर। वी निश्चलको ५ औँ कृति हो । उहाँले यो भन्दा पहिला मौन हिमाल, आँसु खस्दै गर्छ, पैताला पुकार कविता सङ्ग्रह र सपना फूल खण्डकाव्य सार्वजनिक गरिसकेका छन् ।

पाल्लामा जन्मिएका आर.वी निश्चल जातिय कारणले धेरै तिरस्कार भोगनु परेको त्यो दिन सम्झँदा आङ सिरिङ्ग हुने बताए । उनका अनुसार सुख–दुख आँसु–हाँसो प्रकट गर्ने नजिकको साथीको रुपमा कविता रहेको छ । कार्यक्रममा सम्पूर्ण किताबका सस्थापक अध्यक्ष विजय विश्वकर्मा लगायत साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY