ढकाल पक्राउ प्रति सन्देश फाउण्डेसनको आपत्ती

0
288

सुरक्षा न्यौपाने चितवन, २२ साउन । सन्देश फाउण्डेसन नेपालले आफ्नो संस्थापक गौरबबाबु ढकाललाई पक्राउ गरेपछि आपत्ति जनाएको छ । फाउण्डेसनका संस्थापक गौरबबाबु ढकालका बिरुद्धमा केही संचार माध्यमहरुले भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै संस्थाले आफ्नो गम्भिर ध्यानाकर्षण जनाएको हो ।

Advertisements

सन्देश फाउण्डेसनद्धारा संचालित सुनौलो बिहानी लागुऔषध उपचार तथा पुनस्थापना केन्द्रका संस्थापक ढकाललाई सत्यतथ्य नबुझी प्रहरी प्रशासनले ठगेको आरोपमा गिरफ्तार गरेको थियो । ढकाललाई ठगी मुद्दा चलाएको भन्दै फाउन्डेसनले आपत्ती जनाएको छ । उक्त मुद्दा तत्काल खारेज गर्न समेत फाउन्डेसनले आग्रह गरेको हो ।आज पत्रकार सम्मेलन एक विज्ञप्ति जारी गर्दै फाउण्डेसनले समाज सुधारका निम्ति सक्रिय ढकालका बिरुद्धमा कपोलकल्पित समाचार सम्प्रेषण गरिएका घटनाबाट सम्पुर्ण युवा अभियान्ताहरुको मान मर्दन गरेको जनाएको छ ।

LEAVE A REPLY