गैडाकोटमा सार्वजनिक जग्गा अतिक्रमण पछि हटाइयो

0
36

सुरक्षा न्यौपाने  नवलपुर २२ साउन । गैडाकोट नगरपालिका वडा नम्बर ६ को नमुना बोटे टोलमा रहेको सार्वजनिक जग्गामा रातारात घर बनेपछि प्रहरीको सहयोगमा स्थानीयबासी र नगरपालिकाले नारायणी नदी किनारमा नजिक बनेका घर टहरा हटाएको छन । यसै क्रममा गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले अवैधानिक रुपमा बनेका घर टहरा भत्काउने र सार्वजनिक जग्गा संरक्षण गर्नु नगरपालिकाको दायित्व रहेको बताउनुभयो ।गैंडाकोट ६ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले वडामा कसैले पनि घर जग्गा बनाउने विषयमा जानकारी नगराएको बताउँदै सार्वजनिक स्थलमा घर टहरा निर्माण गर्न नमिल्ने बताउनुभयो । घर जग्गाको समस्या भए नगरपालिका समक्ष कुरा राख्न उनले आग्रह गर्नुभएको हो ।
भत्काईएका घर टहराका सामग्री नगरपालिकाले नियन्त्रणमा लिएको छ ।केही सुकुम्बासीले रातारात करिब आधादर्जन घर टहरा निर्माण गरेका थिए । उनिहरुले बासको व्यवस्था नभएपछि टहरा निर्माण गरेको जनाएका छन् । नगरपालिकाले उचित बासको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । भुमि अधिकार मञ्च गैंडाकोट ६ की वडा सचिव उर्मिला कुमालले भुमिहिनहरुलाई भुमी उपलब्ध गराउन माग गर्नुभएको छ । स्थानिय शान्ती परियारले आफु घरबार विहिन भएको जनाउँदै तत्काल बस्ने बस्ने ठाउँ नभएको भन्दै दुख व्यक्त गर्नु भएको थियो । स्थानिय अभय कुमालले पार्क बनाउन योजना ल्याउने नगरपालिकाले सुकुम्बासी व्यस्थापनका लागि योजना नल्याएको भन्दै आक्रोश व्यक्त गरेका हुन ।

LEAVE A REPLY