चितवनमा राष्ट्रिय स्तरको तेक्वान्दो हुदै

0
89

सुरक्षा न्यौपाने चितवन, २२ साउन । चितवनमा तेस्रो राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता हुने भएको छ । आज गरिएको पत्रकार सम्मेलनमा चितवनका तेस्रो राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दोका संयोजक पुष्प जोशीले यहि कात्तिक १ र २ गते रत्ननगर तेक्वान्दो डोजाङ्गको सहयोगमा सरित न्यु स्टार र सौराहा डोजाङ्गको आयोजनामा खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने बताए ।

जोशिले प्रतियोगिता संचालनको लागि अमेरिकाको पोर्टल्यान्डमा रहेको राष्ट्रिय ओपन फेन्डसिप तेक्वान्दो च्याम्पियनसीप र ललितपुर मैत्री तेक्वान्दो डोजाङ्गले सहयोग र सहकार्य गरेको जानकारी दिए । प्रतियोगितामा पुरुषको २४ र महिलाको २२ गरि ४६ तौल समुहमा प्रतिस्पर्धा हुने छ । साथै पुम्सेतर्फ पुरुषको ४ र महिलाको ४ गरि ९ विधामा प्रतिस्पर्धा हुने छ । ६५ स्वर्ण, ६५ रजत र १३० काश्य पदक गरि २६० पदकका लागि प्रतिस्पर्धा हुने भएको छ । तेस्रो राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो च्याम्पियनसिपमा सिनियर पुरुष र महिलाको ६र६ तौल समुहको प्रतिस्पर्धामा प्रथम हुने खेलाडीहरुलाई भने पुनः छनोट गरि सर्वउत्कृष्ट हुने ३ जना पुरुष र २ जना महिलालाई जनहि नगद १ लाख पुरस्कार प्रदान गरिने जोशिले जानकारी दिए ।

छनौट भएका पाँच जना खेलाडीहरु अमेरिकाको ईस्टन मिसिगन युनिभर्सिटीमा सन् २०२० को मे १ र २ मा हुने १३ औ अन्तरास्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिताको लागि सहभागी हुन पाईने तेक्वान्दोका ग्याण्डमास्टर दिवाकर महर्जनले जानकारी दिएको हो ।

LEAVE A REPLY