“चितवन ईन्जिनियरिड़ क्याम्पस” त्रिविको आंगिक कलेजको रुपमा हुनुपर्छ ः चितवन कांग्रेस सचिव जोशी

0
38

चितवन,२४ साउन । “चितवन ईन्जिनियरिड़ क्याम्पस” रामपुरमा क्याम्पस प्रमुख सुदिप पौडेलले पद भार सम्हालेका छन् । (शुक्रवार) एक कार्यक्रमका बीच उनले पदभार ग्रहण गरेका हुन् । पदस्थापन कार्यक्रममा बोल्दै प्रदेश सांसद कृष्ण भुर्तेलले चितवनमा ईन्जिनियरिङ्ग कलेज संचालनमा आउनु चानचुने कुरा नभएको बताएका छन् । चितवनका राजनीतिक दल, स्थानिय निकाय, सरोकारवाला लगाएतको समन्वयनका कारण इञ्जिनियरिङ्ग कलेज संचालन सम्भब भएको उनको भनाइ छ । उनले इञ्जिनियरिङ्ग कलेज चितवन बासीको गहनाको रुपमा रहेको समेत बताए ।

सोहि क्रममा नेपाली कांग्रेस चितवन जिल्ला सचिव उत्तम जोशीले चितवनमा इञ्जिनियरिङ्ग कलेज आउनु आफैमा बिशिष्ट रहेको बताए । इञ्जिनियरिङ्ग कलेज त्रिभुवन विश्व विद्यालयको आंगिक कलेजको रुपमा रहनु पर्ने उनको भनाइ छ । “राजनीतिक आस्थाको आधारमा भागवण्डा गरि राजनीतिक गर्ने थलोको रुपमा कलेज विकास नहोस । राजनैतिक हस्तक्षेपलाई चितवन कांग्रेसले सशक्त प्रतिकार गर्छ ।” उनले भने, “कलेज संचालनका सन्दर्भमा नेपाली कांग्रेस चितवनले निरन्तर सहयोग गर्छ । प्राबिधिक धारको बिषय चितवनमा आउनु निकै राम्रो कुरा हो ।”

उनका अनुसार त्रिविको नाममा रहेको जग्गा ऐनमा हस्तान्तरण गर्ने भनि समावेश गरिएपनि लालपुर्जा रामपुर आइसकेको छैन । कति र कुन कित्ताको जग्गा कसको नाममा आउने भन्नेमा अन्यौलता रहेको अवस्थामा सबै समस्यालाई समाधान गर्न सरकार गम्भीर हुनुपर्ने जोशीको टिप्पणी छ ।

रामपुरमा रहेको ३३५ बिगाहा जमिनमध्ये ४० बिगाहा जमिन त्रिविलाई इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्न दिने, बाँकी एएफयूले राख्ने र हेटौँडामा रहेको १५७ बिगाहा जमिनमध्ये ६० बिगाहा एएफयूलाई दिने र बाँकी ९७ बिगाहा त्रिविले राख्ने सहमति भएको थियो । रामपुरको ३३५ बिगाहामध्ये २० बिगाहा ६ कठ्ठा जग्गा धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्र्रािष्ट्रय क्रिकेट रंगशाला निर्माणका लागि दिइएको छ ।

रामपुरमा स्थापना भएको कलेजलाई पुल्चोकको भन्दा अत्याधुनिक र प्रविधियुक्त बनाईने छ । भरतपुर महानगरसँग मिलेर कलेज स्थापना गरिएको हो । नेपालको नमुना इन्जिनियरिङ क्याम्पसका रुपमा झन्डै १९ अर्ब लगानी प्रस्ताव गरी क्याम्पस सुरू गरी यसमा सातवटा विधामा पठनपाठन सुरू हुनेछ ।

त्रिविलाई कलेज खोल्न भन्दै विश्वविद्यालय अनुदान आयोगले एक करोड रकम दिने भएको छ । त्रिविले रामपुरमा भरतपुर महानगरपालिकाको सहयोगमा इन्जिनियरिङको कार्यक्रम सञ्चालन गर्ने तयारी अघि बढाएको छ । त्रिविअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले रामपुरमा ‘चितवन इन्जिनियरिङ क्याम्पस’को नाममा यसवर्ष बीई कम्प्युटर र बीई सिभिलतर्फ ४८र४८ सिट गरी ९६ सिटका लागि भर्ना आह्वान गरेको छ ।

LEAVE A REPLY