चितवनमा युथवन २०७६ सुरु

0
44

रेजिना ढकाल, चितवन २५ साउन । अन्तर्रा्ष्ट्रिय युवा दिवस–२०७६ को अवसरमा तीन दिने युवा लक्षित कार्यक्रम युथवन २०७६ सुरु भएको छ । बेटर चितवनको आयोजनामा जिल्ला समन्वय समिति चितवनको सभाहलमा कार्यक्रम सुरु भएको हो । कार्यक्रममा जिसस चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले युवा दिवसको महत्त्व माथि प्रकाश पार्दै युवाहरुलाई असल मार्ग पहिल्याएर अगाडि बढ्न आह्वान गरे । डल्लाकोटीले चितवनमा बसेर पनि विभिन्न माध्यमबाट योगदान दिएर सफलता प्राप्त गरेकाहरुको उदाहरण दिदै युवाहरुलाई बिदेश पलायन हुनुभन्दा देशमै बसेर केही गर्नुपर्ने सुझाव दिए ।
युथ वान युथ फेस्टिभल अन्तर्गत फुटसल, मनोरञ्जनात्मक तथा बिबिध प्रेरणादायी कार्यक्रमको आयोजना गरेको छ । यसैक्रममा शनिबार कविता प्रतियोगिताको आयोजना गरेको छ । आयोजकले शिक्षामा रुपान्तरण ः उद्यमशीलता र नवप्रवर्तनझ शिर्षकमा कविता लेख्न आह्वान गरेको थियो । सोही शिर्षकमा कविता लेखेर १३ जना प्रतियोगि सहभागी भए । कवि सरिता तिवारी, उदय अधिकारी र लेखराम सापकोटा निर्णायक रहेको प्रतियोगितामा विजय लम्साल प्रथम, श्रेया भुसाल द्वितीय र सिर्जना पौडेलले तृतीय स्थान हासिल गरे । कवि सरिता तिवारीले युवापुस्ता यसरी कविता लेखनमा आउनु नेपाली साहित्यको उपलब्धि भएको बताउँदै प्रतियोगी सबैलाई कविता लेखनलाई निरन्तरता दिन आग्रह गरिन् ।

LEAVE A REPLY