महिला उधमी र उधमशीलताका बारेमा छलफल

0
61

सुरक्षा न्यौपाने चितवन,साउन २६ । चितवनमा महिला उधमी सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा महिला उधमी र महिला उधममा समस्याका बारेमा छलफल भएको हो । छलफलमा कोसेली घर चितवनकी संयोजक रजनी मास्केले चितवनमा रहेका महिलाहरुले भान्साको लागि आवश्यक पर्ने खानेकुरा सबै साथै अन्य सामानहरु पनि उत्पादन गर्ने र त्यसलाई विक्रि वितरण गर्ने काम कोसेली घर चितवनले गर्दै आएका बताईन । कोसेली घर चितवनमा भित्रिएको दुई महिना भएको छ । यति थोरै समयमा पनि उत्पादन भएका सेल रोटी,मकै भटमास अन्य खानेकुरा देश बाहिर पठाउन सफल भएको छ । महिलाहरु आफ्नो घरपरिवार हेरविचार गरेर आफ्नो फुर्सदको समयमा आपको अचार,मसेउरा, पिडाँलु, मास, अन्य घरमा नै ढुक्क भएर बनाउन सक्छन । थोरै लगानीमा धेरै आम्दानी गर्नुको साथै नयाँ नयाँ अनुभव बटुल्न सकिने पत्रकार प्रमिता ढकालले बताईन । ढकालले यसलाई नयाँ तरिकाबाट अगाडि बढाउने तथा चितवनलाई चिनाउने त्यस्तो नयाँ कुरालाई व्यापकता दिनुपर्ने बताईन । कार्यक्रममा विभिन्न नगरपालिका महिलाहरु सहभागि थिए ।

LEAVE A REPLY