राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकारलाइ भन्यो ः ‘निजगढ विमानस्थलका बिषयमा गम्भीर बन ।’

0
20

भरतपुर, साउन २८ । निर्माणाधिन निजगढ बिमानस्थलका सम्बन्धमा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा छलफल भएको छ । समितिको आजको बैठकमा नव नियुक्त पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई बिमानस्थल निर्माणको कार्यप्रगतिको जानकारी गराइएको समितिका सभापति पार्वती रावलले बताइन । उनका अनुसार नेपालको दोश्रो अन्तराष्ट्रिय विमानस्थल निजगढ विमानस्थलको सम्बन्धमा समितिको प्रतिबेदन, निर्माण समस्या र चुनौती एवं प्राप्त उपलब्धिका बारेमा मन्त्री भट्टराई लाई जानकारी गराइएको हो । आयोजनाको मोडेलका सम्बन्धमा तत्काल मन्त्री स्तरिय निर्णय गर्न मन्त्रालयलाई सुझाइएको रावलले बताइन । हालसम्मका प्रतिवेदनका आधारमा उपयुक्त डिजाइन गर्न मन्त्री भट्टराईलाइ सुझाव दिएको हो । विमानस्थल निर्माणका सम्बन्धमा देखिएको विवादलाइ समाधान गरि बन मन्त्रालय संग सहकार्य र समन्वय गर्न, बस्ती स्थानान्तरण लगाएत महत्वपूर्ण बिषयमा सरकारलाई सुझाव दिइएको हो ।

LEAVE A REPLY