“मुलुक बदल्ने नेताहरु आफै बदलिए” ः कांग्रेस युवा नेता दिनेश कोइराला

0
46

चितवन ३० साउन । नेपाली कांग्रेसका युवा नेता दिनेश कोइरालाले मुलुक बदल्ने लक्ष्य लिएर राजनीतिमा होमिएका नेता आफै बदलिएको बताएका छन् । चितवनमा ७ जेसिज शाखाहरुले संयुक्त रुपमा मनाउने जेसिज सप्ताहको उद्घाटन कार्यक्रममा बोल्दै नेता कोइरालाले नेतृत्वले आफैले संकल्प गरेको लक्ष्यबाट विचलित भएको बताएका हुन् । “देश बदल्ने उद्देश्यले राजनीतिमा होमिएका नेताहरुले मुलुक र जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकेनन, जसले मुलुकभर निराशा नै निराशा छाएको छ ।” उनले भने, “बरु आफै सम्पन्न हुदै सुखः मोज मस्तीमा परिवर्तन भए ।”
बिगतका राजनैतिक परिवर्तनमा जस्तै जेसिज युवाहरुले नेतृत्वको कमजोरीलाई खवरदारी गर्दै राजनीतिक स्थायित्वको लागि भूमिका खेल्नु पर्ने उनको भनाइ छ । समाज परिवर्तनका लागि जेसिज युवाहरु एकबद्ध हुन जरुरी रहेको उनले बताए ।
सोहि क्रममा नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले जेसिज युवाहरु सकारात्मक सोचका साथ समाज परिवर्तनका लागि अग्रसर हुनुपर्ने बताए । चितवनमा रहेका विभिन्न जेसिज शाखाहरुले जेसिज सप्ताह मनाउदै छन् । बिस हजार जेसिजको आयोजनामा (बुधवार) भएको उद्घाटन कार्यक्रममा ‘मानविय बिकासका लागि नेतृत्वका चुनौती’ बिषयमा कार्यपत्र प्रस्तुत भयो । सालिकराम शर्मा पौडेलले कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रको शिक्षाविद् रमाकान्त सापकोटा र नेपाली कांग्रेस युवा नेता प्रकाश अधिकारीले टिप्पणी गरेका थिए । संयुक्त जेसिज सप्ताह बिस हजार जेसिज, गीतानगर जेसिज, नारायणगढ जेसिज, नारायणगढ लेडी जेसिज, सौराहा जेसिज, सौराहा लेडी जेसिज, पर्सा खैरहनी जेसिजले मनाउदै छन् । उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव उत्तम जोशी, नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष गोकुल सापकोटा, नेपाल जेसिजका पुर्व उपाध्यक्ष सुदिप सिंह अधिकारि, नेपाल जेसिजका पुर्व महासचिव अरुणेश्वर खनाल, नारायणगढ जेसिजका अध्यक्ष विकास श्रेष्ठ लगाएतको उपस्थिति थियो । कार्यक्रम बिस हजार जेसिजका अध्यक्ष सन्तोष मजाकोटीको अध्यक्षता एवं नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष (बर्ष २००८) दिनेश कोइरालाको प्रमुख आतिथ्यतामा भएको हो ।

LEAVE A REPLY