पुडासैनी आत्महत्या प्रकरण ः चितवन अदालतद्धारा पाँच दिनको म्याद थप

0
17

चितवन ३१ साउन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको विषयमा चितवन जिल्ला अदालतले ५ दिन म्याद थप गरेको छ । आज घटनाको अनुसन्धानका लागी म्याद थपका लागी भएको बहसमा वादि तर्फबाट १० दिनको माग भएपनि ५ दिन थप गरिएको हो ।
पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई चितवन जिल्ला अदालतमा उपस्थित गराएपछि भएको बहसले पाँच दिनको म्याद थपेको छ । लामिछानेलगायतको पक्षबाट वरिष्ठ अधिवक्ता सुनिल पोख्रेलसहित दुई स्थानीय वकिलले बहस गरेका छन् । वादीका तर्फबाट सरकारी वकिलले बहस गरेका थिए ।
कानुनी प्रावधानअनुसार बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ ।
माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनीको आत्महत्या गर्न दुरुत्साहन गरिएको अभियोगमा प्रहरीले तीन जनालाई काठमाडौँबाट पक्राउ गरी चितवन अदालतमा हाजिर गराएको थियो ।
नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर ३ निवासी पुडासैनीको साउन २० गते राति नारायणगढस्थित पोखरा बसपार्कको होटल कङ्गारूमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो ।

LEAVE A REPLY