रबि समर्थक र प्रहरी बीच आज पनि झडप, अश्रुग्याँस प्रहार !

0
364

चितवन ३२ साउन । सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा ‘ सिधा कुरा जनतासंग’ कार्यक्रमका प्रस्तोता रबि लामिछाने सहित अन्य ३ जना पक्राउको बिरोध गर्दै लामिछाने समर्थकले आज पनि भरतपुरमा प्रदर्शन गरेका छन् । उनिहरुले जिल्ला प्रहरी कार्यालय अगाडि र भरतपुरको चौविसकोठीमा प्रर्दशन गरेका हुन् ।
प्रर्दशनकारी र प्रहरीविच केहीवेर झडप समेत भएको छ । शनिवार अपरान्ह रबि समर्थकले प्रहरीलाई ढुंगामुढा गरेपछि प्रहरीले जवाफी लाठि चार्ज गर्यो । प्रहरीले लाठि चार्ज गर्दा समेत भिड नियन्त्रणमा आउन नसकेपछि केहि राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । झडपका क्रममा केहि घाइते समेत भएको बताइएको छ ।
शुक्रवार जिल्ला अदालत चितवनले लामिछानेका साथै युवराज कँडेल र अस्मिता कार्कीलाई पाँच दिन थुनामा राख्न आदेश दिएको थियो। प्रहरीले १० दिनको म्याद मागेपनि जिल्ला अदालत चितवनका विनोदकुमार गौतमको इजलासले बिहीवारको मितिबाट थप पाँच दिन अनुसन्धानको थुनामा राख्न अनुमति दिएको थियो।

Advertisements

बिहीवार प्रहरीले लामिछानेसँगै न्युज २४ का पत्रकार युवराज कँडेललाई नियन्त्रणमा लिएको थियो। यसअघि प्रहरीले रुकु भनिने नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो। पक्राउ गरेपछि बिहिवार राति नै थप अनुसन्धानका लागि उनीहरुलाई चितवन लगिएको थियो।

साउन २० गते राति नारायणढस्थित पोखरा बसपार्कमा रहेको एक होटलको कोठमा सञ्चारकर्मी शालिग्राम पुडासैनी मृत अवस्थामा फेला परेका थिए।

LEAVE A REPLY