सिडियो, एसपी र लामिछानेसंग छाँया सरकारका गृहमन्त्री सहित कांग्रेस चितवनका नेताको भेट

0
66

भरतपुर ३२ साउन । कांग्रेस नेता तथा छाँया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडु लगाएत चितवन कांग्रेसका नेताले रबि लामिछाने सहित चितवनका र सिडयो संग भेट गरेका छन् । कांग्रेस नेता बडु लगाएत कांग्रेस चितवनका जिल्ला सभापति जितनारायण श्रेष्ठ र जिल्ला सचिव उत्तम जोशीको टोलिले घटनाको जानकारी लिएको हो । भेटका क्रममा बडुले चितवनका एसपी र सिडयो भेटेर निष्पक्ष छानविन गर्न आग्रह गरेका छन् । भेटपछि नेता बडुले पूर्वाग्रह नराखी छानविन गर्न माग गरेका हुन् । उनले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका रवि लामिछानेलाई समेत भेट गरेका छन् । भेटका क्रममा लामिछानेले घटनाको अनुसन्धानमा सतप्रतिशत सहयोग गर्ने प्रतिबद्दता जनाएको बडुलाई उदृत गर्दै स्रोतले बतायो । स्रोतका अनुसार भेटमा बाहिर पक्ष र बिपक्षका रुपमा भएका विभिन्न प्रदर्शनको रबि लामिछानेले बिरोध गरे । “सत्य तथ्य छानबिन होस्, दोषी उम्कन पनि हुदैन निर्दोष फस्न पनि हुदैन ।” बडुको भनाइलाइ उदृत गर्दै स्रोतले भन्यो, “घटनाको गहिरो अध्ययन अनुसन्धान हुनुपर्छ ।”

शुक्रवार जिल्ला अदालत चितवनले लामिछानेका साथै युवराज कँडेल र अस्मिता कार्कीलाई पाँच दिन थुनामा राख्न आदेश दिएको थियो। प्रहरीले १० दिनको म्याद मागेपनि जिल्ला अदालत चितवनका विनोदकुमार गौतमको इजलासले बिहीवारको मितिबाट थप पाँच दिन अनुसन्धानको थुनामा राख्न अनुमति दिएको थियो।

बिहीवार प्रहरीले लामिछानेसँगै न्युज २४ का पत्रकार युवराज कँडेललाई नियन्त्रणमा लिएको थियो। यसअघि प्रहरीले रुकु भनिने नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो। पक्राउ गरेपछि बिहिवार राति नै थप अनुसन्धानका लागि उनीहरुलाई चितवन लगिएको थियो।

साउन २० गते राति नारायणढस्थित पोखरा बसपार्कमा रहेको एक होटलको कोठमा सञ्चारकर्मी शालिग्राम पुडासैनी मृत अवस्थामा फेला परेका थिए।

LEAVE A REPLY