धरौटीमा रवि लामिछाने सहित युवराज रिहा, अस्मिता साधारण तारेखमा छुटिन्

0
33

धरौटीमा रवि लामिछाने सहित युवराज रिहा, अस्मिता साधारण तारेखमा छुटिन
चितवन, भदौ ९ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका पत्रकार रबि लामिछाने सहित ३ जना धरौटीमा रिहा भएका छन् । पुडासैनिलाइ आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका रवि लामिछाने सहित अर्का पत्रकार युवराज कंडेल र रुकु भनिने अस्मिता कार्की धरौटीमा रिहाइ भएका हुन् । आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका रवि सहित तिनै जनाएको आज सम्पन्न थुनछेक बहसले धरौटीमा छोड्ने निर्णय गरेको हो । रबि लामिछाने ५ लाख धरौटीमा रिहा भए । युवराज कंडेल भने ३ लाखमा रिहा भएका छन् । अस्मिता शुद्द अर्थात साधारण तारेखमा रिहा भएकी छन् ।
जायर वालाकाे तर्फबाट कानुन ब्यबसायी स्वागत नेपाल, गाेपिलाल देवकाेटा, दिपक भट्टराई,रामचन्द्र देवकाेटा र राजकुमार क्षेष्ठले बहस गरेका थिए । अस्मिता काे तर्फ बाट फुलमाया रानाभाट, कमला उप्रेती, केदार गुरगाई,राम गाेपाल क्षेष्ठले बहस गरेका थिए । पत्रकार द्वय रबि लामिछाने र युवराज कंडेलको तर्फ बाट सुनिल पाेखरेल र सुशील पन्तले बहस गरे । अदालतले धरौटीमा छाड्ने आदेश दिएसँगै तीनै जनाले हिरासत बाहिरै रहेर थप कानुनी प्रक्रियाको सामना गर्नेछन् । लामिछानेसहित ३ अभियुक्तविरुद्ध लागेको आरोप भने अन्तिम फैसला आएपछि मात्रै पटाक्षेप हुनेछ । जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासमा आज दिनभर वादी, जाहेरवाला र प्रतिवादीका कानून व्यवसायीहरुले थुनछेक बहस गरेका थिए ।

LEAVE A REPLY