इमलालको जन्मदिनको अवसरमा “लोकमाया स्मृति अक्षय कोष”को स्थापना

0
51

शिव शर्मा भरतपुर १० भदौ । भरतपुर–६ देवनगरका इमलाल तिवारीले देव ज्योति आधारभूत बिद्यालयमा अक्षय कोषको स्थापना गरेका छन् । आज (मंगलवार) आफ्नो ९४ औ जन्मदिनको अवसरमा तिवारीले १ लाख ९४ रुपैयाको अक्षय कोष स्थापना गरेका हुन् । स्वर्गीय लोकमाया तिवारी र आफ्ना छोरा स्वर्गीय कृष्ण हरि तिवारीको स्मृतिमा “लोकमाया स्मृति अक्षय कोष”को स्थापना गरिएको छोरा बिष्णु हरि तिवारीले बताए ।

अक्षय कोषको रकमबाट बार्षिक रुपमा प्राप्त हुने ब्याज रकमबाट बिद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार बिद्यार्थीलाइ शैक्षिक सामग्री सहयोग गर्ने उद्देस्यले अक्षय कोषको स्थापना गरिएको तिवारीको भनाइ छ । “बिद्यालयमा गरिव तथा बिपन्न बर्गका बिद्यार्थी धेरै अध्ययन गर्दछन, जसको कपि कलम लगाएत शैक्षिक सामग्रीको अभावमा पढाइमा बाधा पुगेको छ ।“ उनले भने, “हामीले त्यस्ता गरिव तथा जेहेन्दार बिद्यार्थीलाइ सहयोग गर्ने भनेका छौ । बुवाको चाहना पनि त्यहि हो ।“ उनले बिद्यालयलाइ आगामी दिनमा पनि मन,बचन र कर्मले सहयोग गरिरहने बताए ।

बिद्यालयले तिवारीलाई एक कार्यक्रमका बिच सम्मान समेत गर्याे । तिवारीले बिद्यालयलाई अक्षय कोष बापतको चेक हस्तान्तरण गरे । सोहि क्रममा भरतपुर महानगरपालिका ६ का वडा अध्यक्ष हरिबिलास कोइरालाले विद्यालयको भौतिक एवं शैक्षिक गुणस्तर समेत बृद्दि हुने गरि वडा कार्यालयले विद्यालयलाई प्रथामिकतामा राखेको बताए ।

इमलालका नाताले सालो पर्ने प्रेम रिमालले शैक्षिक सामग्रीको अभावले पढ्न नपाएका बिद्यार्थीलाइ पढ्ने बातावरण आफुले मिलाइदिने बताए । उनले अभावका कारण सम्भावनालाई बिमुख बनाउन नहुने बताउँछन । बिद्यालय भौतिक रुपमा समेत जिर्ण बन्दै गएको बिद्यालयका प्रधान्याध्यापक हेमराज शर्मा बताउछन । अक्षय कोषले बिद्यार्थी र विद्यालयलाई समेत हौसला प्रदान गर्ने उनको भनाइ छ । बिद्यालयमा अहिले सम्म १८ वटा अक्षय कोष स्थापना भएका छन् ।

दक्षिण काली सामुदायिक बनको काखमा रहेको यस बिद्यालयमा बिशेष गरि दलित समुदायका बिद्यार्थी अध्यन गर्ने गर्दछन । बिद्यालयमा ९ जना शिक्षक दरबन्दीमा र २ जना निजि गरि ११ शिक्षक कर्मचारी छन् । २०१७ सालमा स्थापना भएको देवज्योतीमा अहिले नर्सरी देखि ८ कक्षा सम्म पढाई हुने गर्दछ । बिद्यालयमा १ सय ८० जना बिद्यार्थी छन् ।

LEAVE A REPLY