संघिय संरचना अनुसार काँग्रेसले तयारी थाल्यो

0
27

चितवन १३ भदौ । नेपाली काँग्रेसले आफ्नो संरचनालाई राज्य पुनः संरचना अनुसार अघि वढाएको छ । काँग्रेसको केन्द्रिय समितिको परिपत्र अनुसार काँग्रेस चितवनले साविकका निर्वाचन क्षेत्रहरुलाई समायोजन गर्दै आफ्नो संरचना निर्माणका कामलाई अघि वढाएको छ ।
काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा आज वसेको वैठकले स्थानीय तह पार्टी संरचना समायोजन अन्तरिम निर्देशीका २०७६ कार्यान्वयनका विषयमा वसेको वैठकले हाल जिल्लामा रहेको प्रतिनिधि सभा निर्वाचन क्षत्रे अन्तर्गतको क्षेत्रीय सभापतिहरुको जिम्मेवारी दिएको छ । वैठकले चितवन क्षेत्र नम्वर १ मा राजु शिलवाल, क्षेत्र नम्वर २ मा भरत लामिछानेलाई क्षेत्रीय सभापतिको जिम्मेवारी दिईएको हो ।
क्षेत्र नम्वर १ मा साविकको क्षेत्र नम्वर १ र २ को कालिका नगरपालिका वाहेकको स्थान रहेका छन् । सो क्षेत्रमा साविक क्षेत्र नम्वर २ का क्षेत्रीय सभापति कुमार कार्कीको समर्थनमा क्षेत्र नम्वर १ का क्षेत्री सभापतिलाई हालको क्षेत्र नम्वर १ को क्षेत्रीय सभापतिको रुपमा जिम्मेवारी दिईएको हो । यस्तै साविक क्षेत्र नम्वर ३ का कार्यवहाक सभापति भरत लामिछानेलाई हालको क्षेत्र नम्वर २ को क्षेत्रीय सभापतिको जिम्मेवारी दिईएको नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशिले जानकारी दिनु भयो ।
जोशिका अनुसार क्षेत्र नम्वर तीनमा सामान्य विवाद रहेका कारण सहमतिका लागि भदौ १६ गते सम्मको समय दिईएको छ । साविक क्षेत्र नम्वर ४ र ५ का क्षेत्रीय सभापतिहरु सरिता केसि र लालवहादुर दवाडी दुवैले क्षेत्रीय सभापतिमा दावि गरे संगै सहमतिका लागि समय दिईएको हो ।
यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र प्रदेश सभा अन्तर्गतका क्षेत्रीय समितिहरुको गठनको तयारी पनि काँग्रेस चितवनले सुरु गरेको छ । यसका लागि आउँदो भदानै १८ गते देखि काम हुने जोशीले जानकारी दिनु भयो ।
काँग्रेस चितवनका सभापति श्रेष्ठका अनुसार प्रदेश स्तरीय क्षेत्रीय समितिहरुको लागि क्षेत्र नम्वर १ को भदौ १९ गते, क्षेत्र नम्वर २ को १८ गते र ३को २० गते क्षेत्रीय समितिहरु गठन गरिने छ । केन्द्रिय समितिको परिपत्र र काँग्रेसको निर्देशीका अनुसार क्षेत्री समितिहरुको गठन प्रकृया अन्त्य भए संगै जिल्लामा स्थानीय तहहरुमा पनि संरचना गठनको प्रकृया सुरु गरिने छ ।
काँग्रेस प्रादेशीक संरचना अनुसार आफ्नो क्षेत्र विभाजन गरि जिम्मेवारी दिने दलहरुमा पहिलो दल समेत वनेको छ ।

LEAVE A REPLY