प्रथम ज्योतिनगर महोत्सव हुदै

0
44

भरतपुर १७ भदौ । पश्चिम चितवनको ज्योतिनगरमा प्रथम ज्योतिनगर महोत्सव हुने भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भाद्र २६ गते देखि महोत्सव हुन लागेको आज(मंगलवार) पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । ज्योतिनगर हाटबजारको आयोजनामा असोज ५ गते सम्म महोत्सव हुन लागेको हो । “आन्तरिक पर्यटन प्रवद्र्धनमा हाम्रो अभियान, स्वाभलम्वन र सु–सासन हाम्रो पहिचान” भन्ने मूल नाराका साथ महोत्सव आयोजना हुन लागेको महोत्सव मूल आयोजक समितिका सचिव देवेन्द्र घिमिरेले बताए । स्थानीय स्तरमा रहेका पर्यटकीय क्षेत्रको बिकास र प्रवद्र्धनका निम्ति महोत्सव गर्न लगिएको उनको भनाइ छ ।
यस क्षेत्रमा थारु, कुमाल लगाएत अन्य आदिवासी जनजातिको रहनसहनले आन्तरिक पर्यटकको मन लोभ्याउने उनको तर्क छ ।
भरतपुर महानगरपालिका २६ अन्तर्गत पर्ने ज्योतिनगरमा अञ्जना ताल, बिपी स्मृति वाचनालय लगाएत ऐतिहासिक पुरातात्विक सम्पदा रहेका छन् । यस क्षेत्र नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्जको सामिब्यतामा समेत छ । महोत्सवमा कृषि प्रवद्र्धन, सास्कृतिक कार्यक्रम, आईटी प्रदर्शनी, फुड फेष्टिवल जस्ता कार्यक्रम हुनेछन । महोत्सव परिसरमा १ सय स्टल रहने आयोजकले जनाएको छ । महोत्सव सम्पन्न गर्न २० लाख खर्च र २३ लाख ५० हजार आम्दानी हुने आयोजकको अनुमान छ । महोत्सव सम्पन्न गर्न ५ सय सदस्यीय मूल समिति गठन गरि तयारी सुरु गरिएको छ । जसमा १० उपसमिति समेत छन् ।

LEAVE A REPLY