बार्सिलोनाका समर्थकहरूले स्वयम्भू क्षेत्रमा सरसफाइ गर्दै,सरसफाइमा सहभागी हुन आग्रह

0
64

काठमाडौं, भदौ १९ । स्पेनिस फुटबल क्लब बार्सिलोनाका नेपाली समर्थकहरूले सरसफाइ स्वयम्भू मन्दिर क्षेत्रमा सरसफाइ गर्ने भएका छन् ।  विगत दुई वर्षदेखि नेपालमा सक्रिय ‘एफसी बार्सिलोना फ्यान क्लब अफ् नेपाल’ नामक फेसबुक समूहले दोस्रो वार्षिकोत्सव अवसर पारेर शनिबार काठमाडौंको पर्यटकीय स्वयम्भू मन्दिर क्षेत्रमा सरसफाइ गर्ने भएको बताइएको छ । सो समूहको अगुवाईमा समूह स्थापनाको दोस्रो वर्ष पुगेको अवसर पारेर ‘हाम्रो काठमाडौं, राम्रो काठमाडौं’ भन्ने नाराका
साथ स्वयम्भू क्षेत्र सरसफाइ गर्न लागिएको हो । स्वयम्भू क्षेत्रमा ठाडो भर्याङदेखि बालाजु चोकसम्म सरसफाइ गरिनेछ । सो समूहले काठमाडौं काठमाडौं आसपास क्षेत्रमा रहेका बार्सिलोनाका इच्छुक समर्थकहरूलाई सरसफाइ कार्यक्रममा सहभागी हुन समेत आग्रह गरेको छ । पछिल्लो समय सो समूहले फुटबलकर्मका साथै सामाजिक कार्यसमेत गर्दै आएको छ । फुटबल खबरमा समाचार छ ।

LEAVE A REPLY