गीतानगरमा डेंगु रोकथाम र नियन्त्रणका लागी सचेतना

0
85

शिव शर्मा, भरतपुर २१ भदौ । चितवन तथा अन्य जिल्लामा डेंगुको संक्रमण बढे पछि यसको नियन्त्रण र रोकथामको लागि विभिन्न प्रयासहरु सुरु भएका छन् । जिल्लामा डेंगु रोगका बिरामी ह्वात्तै बढे संगै यसको रोकथामको लागी भरतपुर ६ गीतानगरमा डेंगु रोग नियन्त्रण सम्बन्धि सचेतना अभियान तथा प्रभातफेरी गरिएको छ । सहिद गणेश स्वास्थ्य चौकी गीतानगर र वडा कार्यालयको संयुक्त आयोजनामा आज (शनिवार)सचेतना कार्यक्रम भएको हो ।

गीतानगरको विपी चोक देखि सुरु भएको प्रभातफेरी चोकबजारमा पुगी कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका वडा न ६ का वडा अध्यक्ष हरिबिलास कोइरालाले डेंगु रोगबाट बच्न घर वरपरको बाताबरण सफा राख्नु पर्ने बताए । लामखुट्टेको टोकाईबाट बच्नु नै यो रोगबाट बच्ने उत्तम उपाए रहेको उनको भनाइ छ । “यो रोग सार्ने लामखुट्टेले दिउसोको समयमा टोक्ने हुदाँ दिउसो अनावस्यक बाहिर निस्किनु हुदैन, बाहिर निस्कनु परेमा पुरा जिउ ढाक्ने लुगा लगाउनुपर्छ ।” उनले भने, “घरवरपर पानी जम्न दिनु हुदैन ।” घर वरपर बगैचा, करेसाबारी, घरको छतमा डिब्बा, टायर आदि पानी जम्ने भाडालाई सुख्खा राख्न वडा बासीलाई उनले आग्रह गरे ।

त्यस्तै सहिद गणेश स्वास्थ्य चौकी गीतानगरका प्रमुख चित्र बहादुर सुनारले डेंगु गराउने भाइरस बिरुद्दको खोप बिकसित नभइसकेको अवस्थामा समयमा नै अस्पताल गएर डेंगु परिक्षण गर्न सुझाव दिए । उनका अनुसार डेंगु लागेपछि जाडो हुदै उच्च ज्वरो आउने, जिउ दुख्ने, जोर्नी तथा हाडहरु बेस्सरी दुख्ने, रोगलागेको केहि समय पश्चात छालामुनि रगत जमेको धब्बा देखा पर्ने लगाएतका लक्षणहरु देखा पर्ने गर्दछन ।

कार्यक्रममा भरतपुर ६ मा रहेका टोलसुधार समिति, रेडक्रस, संघ सस्था, बिद्यालय लगाएत वडाबासीको उपस्थिति थियो । डेंगु रोग एडिस एजिप्टाइ र एडिज आल्बोपिक्टस नामक लामखुट्टेको टोकाई बाट लाग्ने गर्दछ ।

LEAVE A REPLY