सप्तगण्डकी एफ.एम तथा टेलिभिजन प्रयोगशालाको मुख्यमन्त्रीद्वारा उद्धाटन

0
17

भरतपुर , भदौ २६ 

भरतपुर १० स्थित मा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसले एफ.एम. तथा टेलिभिजन प्रयोगशालाको थालनी गरेको छ । आज प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले क्याम्पसमा रहेको प्रयोगशालाको उद्घाटन गर्नुभएको हो ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा निहित शिक्षा विकास निर्देशनालय प्रदेश नं ३ को क्याम्पस सहजीकरण सहयोग अनुदान कार्यक्रम अन्तर्गत प्रयोगशालाको निर्माण गरिएको हो । प्रदेशबाट प्रयोगशाला निर्माणका लागि रु २० लाख अनुदानमा प्राप्त भएको थियो भने थप ५ लाख रुपैयाँ क्याम्पस आफैंले खर्चिएको हो । प्रयोगशालाको समुद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री पौडेलले सप्तगण्डकी क्याम्पस सम्पूर्ण सामुदायिक क्याम्पसका लागि उदाहरणीय भएको बताउनुभयो ।

विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त हुने क्यु.ए.ए. मान्यता सप्तगण्डकीले अन्य हजारौं क्याम्पसलाई पछि पारेर हासिल गरेको भन्दै उहाँले क्याम्पसलाई थप सफलताको शुभकामना दिनुभयो । निजी क्याम्पस र सरकारी क्याम्पसहरूको तुलनामा सामुदायिक क्याम्पस सञ्चालन गर्नुमा धेरै चुनौति हुनेगरेको धारणा उहाँले राख्नुभयो । विद्यार्थीबाट कम शुल्क लिएर सरकारको आशा नगरी गुणस्तरीय शिक्षा प्रदान गर्नु सजिलो काम नभएको उहाँले उल्लेख गर्नुभयो ।

LEAVE A REPLY