चितवनमा दोस्रो जागरण अभियान ः पिडा सहेको चितवन काँग्रेस बलियो छ ः चक्रधर

0
91

चितवन ३१ भदौ । नेपाली काँग्रेसको दोस्रो जागरण अभियान अन्तर्गत चितवनको विभिन्न प्रदेश स्तरिय क्षेत्रमा साक्षात्कार कार्यक्रम जारी छ । यसै बीच इच्छाकामना गाउपालिकाको सुरुवाती ६ वटा वडामा अन्तरक्रिया भएको छ । मुग्लिङ्गमा भएको अन्तरक्रियामा बोल्ने वक्ताहरुले चितवन चुनाव ताका जहिले पनि पिडामा हुने गरेको बताए । चितवनलाई हरेक चुनावमा केन्द्रबाट घाइते बनाउने गरिएको स्थानीय नेता कार्यकर्ताको आरोप छ ।

कार्यक्रममा केन्द्रीय प्रतिनिधी गणेशमान चक्रधरले चितवनलाई जस्तो सुकै पिडा हुने गरेतापनि सहेर अगाडी बडेको बताए । चितवन अब पटकपटक कुनै किसिमबाट पिडामा रहन नसक्ने उनको भनाइ छ । “पिडा सहेर अगाडि बढेको चितवन कांग्रेस साच्चिकै बलियो छ, यहाका हरेक काँग्रेस कार्यकर्ता निष्टावान छन् ।”उनले भने,“अव चितवनमा काँग्रेसलाई कसैले आँखा लगाउन सक्दैन ।” उनले काँग्रेस बलियो हुन सबै तहमा एक अर्काको आलोचना नगरी पार्टी अगाडी बढ्नु पर्ने बताए ।

कार्यक्रममा चितवन कांग्रेसका सचिव उत्तम जोशीले बिगतमा भएको त्रुटीबाट पाठ सिकेर अबका अध्यायको सुरुवात गरे मात्र काँग्रेस मजबुत हुने बताए । उनका अनुसार कार्यकर्ता र नेता बीचको असल सम्बन्ध चितवनमा छ । “नेपाली कांग्रेसलाई आधुनिक कांग्रेस र बलियो कांग्रेस बनाए मात्र दुइ तिहाइको सरकारको भण्डाफोर गर्न सक्छ ।”उनले भने, “वर्तमान सरकार काण्डै काण्डमा रुमलिएको छ । काण्डै काण्डमा जेलिएको सरकारबाट समृद्दी कसरी आउछ ?” उनले सरकारलाई बिकास र समृद्दीमा लाग्ने सुनौलो अवसर भएपनि कांग्रेसलाई चिड्याउनै सरकार ब्यस्त रहेको टिप्पणी गरे । उनले देशको परिवर्तनमा नेपाली कांग्रेस अनवरत खटिएकाले अहिले कम्युनिष्ट सरकारले त्यसलाई कुल्चन खोजेको आरोप लगाए । नेकपा नेतृत्वको सरकारले लोकतान्त्रिक अभ्यास र अभिव्यक्ति स्वतन्त्रतालाई निरन्तर बेवास्ता गरिरहेको उनको टिप्पणी छ ।

अन्तरक्रियामा नेपाली कांग्रेसका जिल्ला स्तरका नेता, पार्टीका अगुवा, भातृ संगठनका पदाधिकारी र कार्यकर्ताको बाक्लो उपस्थिति थियो । दोस्रो चरणको अभियानबाट मुख्य रुपमा पार्टीको सांगठनिक सुधार र सरकारविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुने लक्ष्य लिइएको छ । दोस्रो चरणमा पूर्वघोषणाअनुरूप ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा अभियान केन्द्रित गरिएको छ । जसका लागि ७७ वटै जिल्लामा केन्द्रिय प्रतिनिधि र जिल्ला प्रतिनिधि खटाइ आगामी असोज ७ गते सम्मका लागि विभिन्न कार्यक्रम भईरहेका छन् ।

LEAVE A REPLY