पटिहानीमा काँग्रेस प्रवेश गर्नेको लर्को, ७२ जना नेपाली काँग्रेसमा प्रवेश

0
133

भरतपुर ०१, असोज । चितवनमा नेपाली काँग्रेसमा प्रवेश गर्नेको लर्को लागेको छ । नेपाली कांग्रेसको दोस्रो चरणको जनजागरण अन्तर्गत वडा नं १३ र २२ को संयुक्त अन्तरक्रियामा राधिका भण्डारीको नेतृत्वमा ७२ जनाले पार्टी प्रवेश गरेका हुन् । पटिहानीको कमलपोखरी स्थित थारु कल्याणकारी सभा हलमा आज (बुधवार) भएको कार्यक्रममा देशमा अव कम्युनिष्ट सरकारले जन अपेक्षाका काम गर्न नसकेको र जनताको नेपाली काँग्रेस प्रति बिश्वास चुलिएको भन्दै पार्टी प्रवेश गरेका हुन् ।
सोहि कार्यक्रममा बोल्ने बक्ताहरुले नेकपा नेतृत्वको सरकारले जनतामा निराशा बाहेक अरु केहि दिन नसकेको आरोप लगाएका छन् । नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधी अपिल घिमिरेले सरकार माफिया तन्त्रमा रमाइरहेको बताए । सरकारले लुटतन्त्रलाई प्रशय दिएको उनको भनाई छ । “सरकार बिरुद्दमा बोल्नै नहुने भएको छ, बोल्यो कि राजावादी र मण्डलेको ट्याग लगाइदिन सरकार ब्यस्त छ ।” उनले भने, “सरकार आफ्नो आलोचना सुन्नै चाहन्न, सुनोस पनि कसरी, उसका गलत कामको सुची लामो छ ।” उनका अनुसार जनता २ तिहाई बाट आत्तिएका छन् ।

नेपाली काँग्रेस कि महासमिती सदस्य सबिता बरालले सरकारले आफ्नो निरंकुशता प्रदर्शन गरिरहेको बताईंन । तिन तहका सरकारमा समन्वय नहुँदा भष्ट्रचार अत्याधिक बढेको र सरकार स्वयम् भष्ट्रचारमा रमाएको उनको भनाइ छ ।

सोहि कार्यक्रममा नेपाली काँंग्रेस जिल्ला कोषाध्यक्ष शंकर कंडेलले २ तिहाइको वर्तमान सरकारले जुन सुकै क्षेत्रमा बितण्डा मच्याएको बताए । “सरकार न किसानको सुन्छ, न जनताको सुन्छ, सुन्छ त केवल माफियाको सुन्छ ।” कंडेलले प्रश्न गर्दै भने, “सरकार जनताको लागी हो कि माफियाको लागी हो ?”
उनले नेपाली कांग्रेसलाई बलियो प्रतिपक्षको रुपमा प्रस्तुत हुन हरेक तहका नेता कार्यकर्ता जिम्मेवार हुनुपर्ने बताए । काँग्रेस बलियो हुन नेता कार्यकर्तामा भावनात्मक एकता हुनुपर्ने उनको भनाइ छ ।

सोहि क्रममा केन्द्रिय प्रतिनिधी धनलक्ष्मी श्रेष्ठले पार्टीको सांगठनिक सुधार गर्न नेता कार्यकर्ताले आ–आफ्नो जिम्मेवारी बहन गर्न सक्नु पर्ने बताइन । पछिल्लो समय नेपाली काँग्रेस प्रति देखिएको जनताको सद्भावलाई थप मजबुत बनाउदै जनताको आवस्यकता र भावनासंग साक्षात्कार गर्नु पर्ने उनको भनाई छ ।

कार्यक्रममा क्षेत्रिय सभापति लाल बहादुर दवाडी, नेत्री गीता गुरुङ, ओमप्रकाश पोखरेल, नेपाली कांग्रेसका कुशल संगठक लोक बहादुर घर्ती लगाएतले बोलेका थिए । कार्यक्रम कुमार थपलियाको सभापतित्वमा सम्पन्न भयो । दोस्रो चरणको अभियानबाट मुख्य रुपमा पार्टीको सांगठनिक सुधार र सरकारविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुने लक्ष्य लिइएको छ । दोस्रो चरणमा पूर्वघोषणाअनुरूप ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा अभियान केन्द्रित गरिएको छ । अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासन लगायत विभिन्न १५ उद्देश्य निर्धारण गरिएका छन् । जसका लागि ७७ वटै जिल्लामा केन्द्रिय प्रतिनिधि र जिल्ला प्रतिनिधि खटाइएका छन् । भदौ २४ बाट सुरु भएको अभियान आगामी असोज ७ गते सकिनेछ ।

LEAVE A REPLY