नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी बीचको सहकार्य गतल : कांग्रेस नेता नरसिंह केसी

0
49

चितवन १० असोज । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सरकार चलाइरहेको नेकपाले चिनिया पार्टी संग गरेको सहकार्य नेपाल र नेपालीको हित बिपरित रहेको बताएका छन । चितवन काठमान्डौ सम्पर्क मञ्चले आयोजना गरेको दशैं शुभकामना कार्यक्रममा उनले सरकार संचालन गरिरहेको पार्टीले एकदलीय व्यवस्था अपनाउने चिनियाँ कम्युनिष्ट पार्टी संग प्रशिक्षण गरेपछि सरकार प्रति प्रतिपक्षको भरोसा सबै समाप्त भएको बताए । यसैसाता नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टिको केन्द्रिय कमिटीको टोलि र नेपाल कम्युनिस्ट पार्टिको विदेश बिभागले संयुक्त रुपमा सि विचारधारा माथि प्रशिक्षण चलाएका थिए । जसमा उपत्यकामा उपलब्ध स्थायी कमिटी तथा सचिवालयका नेता र युवा विद्यार्थीहरुको सहभागीता थियो । नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी विच द्विपक्षीय विचार आदानप्रदान गर्ने लगायतका सहमतिमा हस्ताक्षर भएको थियो ।साथै उनले नेपाली कांग्रेसको भातृ संगठनमा देखिएको विवाद साम्य हुनुपर्ने बताए । उनका अनुसार विवाद समाधान गर्न केन्द्रिय नेतृत्वले जिम्मेवारी लिनुपर्ने छ ।
त्यस्तै नेपाली कांग्रेस चितवन जिल्ला सचिव उत्तम जोशीले जागरण अभियानले नेपाली कांग्रेस प्रति जनताको भरोसा बढेको बताए । नेपाली कांग्रेसको २ चरणमा सम्पन्न भएका जागरण अभियानले नेता कार्यकर्ता चलाएमान भएको उनको भनाइ छ ।
कार्यक्रममा पुर्व साम्सद अन्जली श्रेष्ठ लगाएत नेताको उपस्थिति थियो । कार्यक्रम सम्पर्क समितिका सभापति कृष्ण घलेको सभापतित्वमा सम्पन्न भयो ।

LEAVE A REPLY