सिंहबाहिनी दुर्गा पाञ्चायन मन्दिर पारसनगरमा हुने धार्मिक अनुष्ठानको तयारी पुरा

0
39

भरतपुर ११ असार । भरतपुर महानगरपालिका वडा न ६ इन्द्रपुरी, पारसनगरमा रहेको सिंह वाहिनी दुर्गा पाञ्चायन मन्दिरमा हुने महायज्ञको तयारी पुरा भएको छ । बिजया दशमीको पुर्व सन्ध्यामा मन्दिर ब्यबस्थापन समिति र मिलिजुली आमा समुहको संयुक्त आयोजनामा महायज्ञ हुन लागेको आज मन्दिर परिसरमा पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

धार्मिक अनुष्ठानको संयोजन सामुदायिक सिकाई एवं पर्यटक सुचना केन्द्र गीतानगर(सीएलसी) ले संयोजन गर्नेछ । मन्दिर परिसरमा जेष्ठ नागरिक मिलन केन्द्र, बृहत पुस्तकालय, सत्संग भवन निर्माण र अक्षयकोष स्थापना गरि दैनिक पुजाआजालाई नियमित गर्ने उद्देस्यले धार्मिक अनुष्ठानको आयोजना गरिएको मुल समारोह समिति कि अध्यक्ष रेखा पोख्रेलले बताईन । मन्दिरमा आर्थिक र भौतिक अभावले दैनिक पुजा आजामा समस्या आएको पोख्रेल बताउछिन् । धार्मिक अनुष्ठानलाई मन, बचन, धन र कर्मले साथ दिन उनको आग्रह छ ।

त्यस्तै भरतपुर महानगरपालिका वडा न ६ का वडा अध्यक्ष हरिबिलास कोइरालाले वडा भित्रका मठ मन्दिरलाइ व्यवस्थित एवं प्रवद्दन गर्ने वडाको योजना रहेको बताए । सिंह वाहिनी दुर्गा पाञ्चायन मन्दिरका लागि वडाले ५० हजार सहयोग गर्ने उनले बताए । श्रीमद् देवीभागवत महापुराण पाठपारायण एवं कथा श्रवण नवाहाको पण्डित युवराज पोख्रेलले प्रवचन दिने तय भएको छ । अनुष्ठानमा अर्थ संकलनको लागि दाता पहिचान लगाएतका काम समेत भैरहेको छ ।

अनुष्ठानमा ४० देखि ५० लाख सम्म आर्थिक सहयोग संकलनको लक्ष्य लिएको छ । असोज १२ गते घटस्थापना देखि २० गते सम्म अनुष्ठान हुनेछ । अनुष्ठानको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रमलाई सफल बनाउन २ सय ५१ सदस्यीय मूल समिति बनाएर तयारी तिब्र पारिएको छ । जसमा २१ वटा उपसमिति समेत छन् । २०७१ सालमा स्थापना भएको मन्दिर ५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।

LEAVE A REPLY