रासायनिक बिषादीको न्यूनीकरणमा जोड

0
53

शिव शर्मा भरतपुर १४ असोज । रासायनिक बिषादीको न्यूनीकरण गर्दै जैविक बिषादीको प्रयोगमा कृषक लाग्नु पर्ने सरोकारवालाले बताएका छन् । भरतपुर महानगरपालिका वडा न ६ स्थित पारसनगरमा भएको रासायनिक बिषादीको न्यूनिकरण सम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रममा सहभागी सरोकारवालाले खेत देखि भान्छा सम्म बिषादीको प्रयोग अत्याधिक हुने गरेको भन्दै चिन्ता ब्यक्त गरेका हुन् । अत्याधिक विषादीको प्रयोगका कारण मानव स्वास्थ्यमा प्रतिकुल असर गरि गम्भीर प्रकृतिका रोगको संक्रमण बढ्ने गरेको उनीहरुको भनाई छ । रासायनिक बिषादीको प्रयोग घटाउन बिस्तारै जैविक एवं अर्गानिक बिषादीको प्रयोगमा जोड दिनुपर्ने उनीहरुको तर्क छ ।

“चितवनमा रासायनिक विषादीको प्रयोग न्यूनिकरणका लागि एकीकृत शत्रुजीव व्यवस्थापन कार्यक्रम (आइपिएम) संचालन गरिन थालिएको छ, यसले बिषादीको क्रमशः न्यूनिकरण र अर्गानिक खेती प्रणाली तर्फ उन्मुख गराउन सहयोग गर्छ ।” नेपाल जनस्वास्थ्य प्रतिष्ठानका फिल्ड अधिकृत ड. अमृत पोखरेलले भने, “आइपिएम कार्यक्रमले बिषादीको कम प्रयोग गर्न कृषकलाइ प्रेरित गर्दछ ।” आइपिएम कार्यक्रम १६ हप्ता सम्म संचालन हुने गर्दछ । त्यस्तै सो क्रममा बिषादीको व्यवस्थित प्रयोग बारे प्रशिक्षण भएको थियो । बिषादीको प्रयोग गनै पर्ने भएमा बिहानको समयमा प्रयोग गर्नु पर्ने उनको सुझाव छ ।

”चर्को घाममा बिषादीको प्रयोग गर्दा त्यसले बालीलाई झन् बिगार्छ, बिषादी वास्फिकरण भई मानव स्वास्थ्यमा समेत असर गर्दछ । बिषादी प्रयोग गर्दा सुरक्षित किसिमले मात्र प्रयोग गर्नु पर्दछ ।” उनले भने, “बिषादी किन्दा हरियो तहको बिषादी प्रयोग गर्नु पर्दछ । जसलाइ कम खतरनाक मानिन्छ ।” बिषादीका ४ तह हुने गर्दछन, जसमा रातो, पहेलो,निलो र हरियो पर्दछन । हरियो बाहेकका तहका बिषादी खतरनाक प्रकृतिका मानिन्छन ।

पोखरेलका अनुसार अत्याधिक विषादीको प्रयोगका कारण माटोको उर्भाराशक्तिमा ह्रास आएकाले माटो परिक्षण गरि विषादीको अवस्थाको अध्ययन गर्न सकिन्छ । बालीमा किरा फट्यांग्राको प्रकोप भएमा विषादीको विकल्प समेत छ । किरा मार्ने मोहनी पासो, लाइट पासो, पहेलो पासोलाइ विकल्प मान्न सकिन्छ । Image may contain: 9 people, people standing

सोहि क्रममा जिल्ला कृषि अधिकृत मेघ नाथ तिमिल्सेनाले आफ्नो घर वरपर रहेका जैविक मलको प्रयोग गरि जैविक बिषादी बनाउन सकिने बताए । पशु चौपायाको मल मुत्र,घाँस, गड्यौला लगाएत विभिन्न २२÷२५ प्रजातिका बनस्पतीको मिश्रण बाट जैविक बिषादी बनाउन सकिन्छ । Image may contain: 4 people, people smiling, people standing and outdoor एकीकृत शत्रुजीव व्यवस्थापन कार्यक्रम र रासायिनिक मल न्यूनीकरणका लागि स्वयम् कृषकनै सचेत भएमा प्रभावकारी हुने राष्ट्रिय दुग्ध विकास बोर्डका केन्द्रिय सदस्य भगिरथ तिमल्सेनाको भनाई छ । अहिले भरतपुर महानगरले फर्मका रुपमा दर्ता भई संचालनमा रहेका कृषकलाइ बोरिङ्ग सिंचाई प्रविधि, बिऊ सुधार लगाएतका कार्यक्रम संचालन गर्दै आएको छ ।

त्यस्तै बिषादीका कारण बाली उत्पादनमा धेरै लागत लाग्ने हुदा जैविक प्रविधि मार्फत कृषि लागत घटाउने उद्देश्यले कार्यक्रम गरिएको आकृति टोल विकास संस्थाका अध्यक्ष मोहन सिंह गुरुङले बताए । भरतपुर ६ वडा कार्यालय, आकृति टोल विकास सस्था र नेपाल जनस्वास्थ प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्यक्रममा करिव १ सय ५० जना कृषकलाई जैविक बिषादी बनाउने बारे प्रशिक्षण समेत गरिएको छ ।

Gepostet von Megh Nath Timalsena am Montag, 30. September 2019

Gepostet von Megh Nath Timalsena am Montag, 30. September 2019

तरकारीमा बढी विषादी प्रयोग गर्दा मानिसको स्वास्थ्यमा खेलवाड भएको भन्दै स्थानीय स्तरमा पाइने अमिलो, टर्रो, पिरो, तितोलगायतका वस्तुहरुको प्रयोग गरेर जैविक विषादी बनाउन सिकाइएको हो । कार्यक्रममा जैविक खेती प्रवर्द्धन को लागि जैविक बिषादि र मल बनाउने विधिहरूको प्रयोगात्मक प्रदर्शनी भएको थियो ।

अत्याधिक उत्पादन र प्रतिफलको आशामा कृषक बिषादी प्रयोगमा आकर्षित हुने गरेका छन् । चितवनमा करिव ९० प्रतिशत कृषि वालीमा रासायिनिक मलको प्रयोग हुने गरेको छ । बर्षेनी ७० करोडको बिषादी आयात हुने नेपाल जनस्वास्थ्य प्रतिष्ठानको तथ्याङ्क छ । आजको कायाकैरनमा समाचार छ ।

LEAVE A REPLY