भरतपुर-१६ को उपनिर्वाचनमा कांग्रेसबाट हमालको उमेद्वारी

0
155

काँग्रेसले भरतपुर महानगरपालिका–१६ को वडा अध्यक्षका लागि उम्मेद्वार तय गरेको छ । काँग्रेस वडा समितिले वडाध्यक्षका लागि अमृत हमाललाई सर्वसम्मत सिफारिस गरेको हो।

Advertisements

केही महिना अघि वडाका अध्यक्ष चतुरमान गुरुङको क्यान्सर रोगले निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन मंसिर १४ गते हुने भएको छ ।

स्वर्गीय गुरुङ तत्कालिन नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

 

LEAVE A REPLY