आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न  ७ दिनको म्याद थप

0
176

असोज २८। जिल्ला अदालत रौतहटले काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न  ७ दिनको म्याद थप गरेको छ ।

Advertisements

जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता डीएसपी नवीन कार्कीका अनुसार १३ जनालाई जलाएर मारेको आरोपमा पक्राउ परेपछि सांसद आलमलाई अनुसन्धानको लागि अदालतले म्याद थप गरेको हो ।  प्रहरीले आलमलाई हिरासतमा राखेर अनुसन्धान गर्न भन्दै १५ दिन मागेकोमा अदालतले ७ दिनको म्याद थप गरेको डीएसपी कार्कीले जानकारी दिए ।  २०६४ साल चैत २७ गते राजपुरमा भएको बमकाण्डका आरोपी सांसद आलमलाई इद्रिसगेटमा समात्नुअघि पक्राउ पुर्जी दिँदा लिन नमान्दा स्थानीय पाँच जनाको साक्षी राखेर प्रहरीले नियन्त्रणमा लिएको हो ।

म्याद थप पछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय, रौतहट पुर्‍याइएको छ । सांसद आलमलाई आइतवार बिहान करीब ११ बजे इद्रिसगेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो ।

LEAVE A REPLY