अन्नपुर्णमा ऋषिराम चापागाईंको नेतृत्व, नेपाली कांग्रेसद्वारा सपथ ग्रहण बहिस्कार

0
209

शिव शर्मा भरतपुर ०५ कात्तिक । देशकै नमुना एवं प्रतिष्ठित सहकारी अन्नपुर्ण दुग्ध उत्पादन सहकारी सस्थाको अध्यक्षमा ऋषिराम चापागाईं चयन भएका छन् । अन्नपुर्णको ३६ औं साधारण सभा एवं अधिवेशन मार्फत चापागाईं अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा केशव प्रसाद सापकोटा र सदस्यहरुमा उपेन्द्र भण्डारी, गगां तिमिल्सेना, युवकला चापागाईं,ठाकुर प्रसाद पौडेल, कृष्ण हरि धिताल, मिरा क्षेत्री, प्रदिप तिमिल्सेना रहेका छन् । लेखा सदस्यमा धर्मराज पौडेल, जेशु भक्त श्रेष्ठ र पोषराज पोखरेललाई चयन गरिएको निर्वाचन समिति संयोजक मित्रलाल चापागाईंले जानकारी दिए । १२ सदस्यीय कार्यसमितिका लागि २९ जनाले उम्मेद्वारी दिएका थिए । अध्यक्षका लागि ऋषिराम चापागाईं र बोधराज पाठक प्रतिस्पर्धामा थिए । सहमतिका आधारमा अध्यक्ष सहित कार्यसमिति निर्र्वािचत गरिएको बताइएको छ । ३ सदस्यीय लेखा सदस्य मध्येबाट लेखा समिति संयोजकको टुंगो लगाइने निर्वाचन समिति संयोजक चापागाईंले बताए । साथै निर्वाचित कार्यसमितिलाई आज नै सपथ ग्रहण गराइएको छ ।

Advertisements

सोहि क्रममा नवनिर्वाचित अध्यक्ष ऋषिराम चापागाईंले अन्नपुर्ण दुग्ध उत्पादन सहकारी सस्थालाई बृहत्तर रुपमा बिकास गर्न आफु तल्लिन हुने बताए । व्यक्तिगत स्वार्थ नराखी सस्थाको हित संगै समग्र सेयर सदस्य र किसानको भलो हुने गरि काम गर्ने उनको भनाइ छ । “कार्यसमितिको पहिलो बैठकबाट सस्थाको भाबी योजनाको तर्जुमा गरिनेछ, सस्थालाई पुजीगत बिकासको आधार बिस्तार गर्दै नाफा अधिकतम गर्ने योजना छ ।” अध्यक्ष चापागाईंले भने, “ बजार विविधिकरणमा थप बजार रणनिति बनाइ कार्यकुसलता बृद्दी गर्ने लक्ष्य छ ।”उनले सस्था संगै किसानको जीवन स्तर उकास्ने गतिबिधिलाई आफुले केन्द्रमा राख्ने प्रतिवद्दता जनाए ।

नेपाली कांग्रेसद्वारा सपथ ग्रहण बहिस्कार

उता नेपाली कांग्रेसले भने अन्नपुर्णको सपथ ग्रहणलाइ बहिस्कार गरेको छ । कार्यसमिति चयन गर्दा बिधान संगत नभएको र अधिक राजनीतिक हस्तक्षेप लगाएतका कारण देखाउदै नेपाली कांग्रेसले सपथ ग्रहणलाइ बहिस्कार गरेको हो । निर्वाचन समितिले आचारसंहिता उन्लंघन गरेको , राजनीतिक हस्तक्षेप, क्षेत्र विभाजनमा उचित ध्यान नदिएको, कार्यदक्षताको मुल्यांकन नगरिएको भन्दै कांग्रेसले बिरोध जनाएको हो । उपाध्यक्ष पदका लागि बिष्णु आचार्यले आफ्नो उम्मेद्वारी दिएका थिए । आचार्यले सस्था एउटा पार्टीको पार्टी कार्यालय जस्तो बनाएर कार्यसमिति चयन गरिएको आरोप लगाएका छन् । निर्वाचित अध्यक्ष ऋषिराम चापागाईंले असन्तुस्ट पक्ष संग सहमति सहकार्य मार्फत अगाडी बढ्ने प्रतिवद्दता जनाएका छन् । उनले असन्तुस्ट पक्षहरुको बिस्वास, अनुभव र सुझावलाई आत्मसाथ गर्दै अगाडि बढ्ने बताए ।
१४ करोड ३७ लाख भन्दा बढी कुल आय भएको सस्थाले बार्षिक १८ लाख ३७ हजार ९ सय २० लिटर दुध खरिद गरेको छ । २ करोड २६ लाख भन्दा बढी ऋण लगानी गरेको अन्नपुर्णले १ करोड ७० लाख बचत संकलन गरेको छ । सहकारीले कृषकलाई प्रोत्साहन स्वरुप ९६ लाख ३१ हजार बोनस वितरण गरेको छ । संकलनको १५ प्रतिशत बराबरको रकम वितरण गरिएको हो । साथै सहकारीले २०७१ साल देखि १ हजार प्रतिघन्टा उत्पादन क्षमता भएको प्रसोधन कारखाना संचालन गरि दैनिक ४ हजार लिटर बरावरको दुध एवं दुध जन्य पदार्थको बिक्रि गर्ने गरेको तथ्यांक छ । कृषकहरुलाई दुग्ध व्यवसायमा आकर्षित गराउन पशुधन संमक्षण , बिमा कार्यक्रम, दाना उद्योग, बचत तथा ऋण कार्यक्रम संचालन गर्दै आएको छ । सस्थामा ३ सय ७० जना सेयर सदस्य छन् ।

LEAVE A REPLY