देवघाटको पार्कमा टिकट काट्नेहरुको मनोमानी, टिकटमा लेखिएको भन्दा बढि शुल्क तिर्न अवलोकनाकर्ता बाध्य

0
25

कात्तिक ०५ गते । देवघाट मा रहेको धार्मीक उद्यान पार्र्कमा टिकट काट्नेहरुले मनोमानी गर्ने गरेको गुनासो बढ्दै गएको छ । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय देवघाट क्षेत्र विकास समिति बाट संचालित पार्कमा प्रवेश शुल्क काट्ने क्रममा पार्क घुम्न आउनेहरुलाई अनावश्यक कुरामा दुख दिने गरेको पाईएको हो । मणि मुकुन्देश्वर धार्मिक उद्यान पार्क चक्रेश्वर क्षेत्रमा टिकट घर लेखिएको ठाउँमा नभई नजिकै रहेको पार्क भित्रको खाजा घर अगाडि टेवल बाट टिकट विक्रि गर्ने गरिन्छ । पार्क खुल्ने समय सम्म काउण्टरमानै हुनुपर्ने कर्मचारीहरु खाजा घरमानै भुलिरहेका हुन्छ । एक त पार्क घुम्न आउनेहरुले कर्मचारीहरुलाई बोलाई बोलाई टिकट काट्नु पर्ने बाध्यता छ । अर्को टिकट काट्नेहरुले टिकट काट्ने क्रममा पार्कमा घुम्नआउनेहरु संग झर्किएर बोल्ने गरेका छन् ।

प्रवेशको लागि नेपालीलाई पार्कमा १० रुपैया टिकट शुल्क राखिएको छ । पार्कमा प्रवेश गरेपछि प्रत्यक व्यक्तिले टिकट पाउनुपर्ने नियम भए पनि कर्मचारीहरुले एउटै टिकट दिने गरेका छन् । तर कर्मचारीहरुले प्रवेशको क्रममा प्रतिव्यक्ति १० रुपैया लिने गरेका छन् । दिएको टिकटमा पनि कर्मचारीहरुले मिति लेख्दैनन् । सरकारले पर्यटन वर्षको तयारी गर्दै गर्दा सरकार बाटै संचालन भएको पर्कले अनावश्यक रुपमा अवलोकनाकर्ता लाई दुख दिनु गलत भएको पार्क घुम्न आउनेहरुको दुखेसो छ ।

LEAVE A REPLY