महिला च्याम्पियन्स लिग क्रिकेटमा काठमाडौँ फाइनलमा , चितवन सगं भिड्ने

0
22

असोज, ५ । क्याट क्वीन्स काठमाडौँ नेपालमा पहिलो पटक आयोजित महिला च्याम्पियन्स लिग क्रिकेटको फाइनलमा पुगेको छ । आज विराटनगर टाइटन्सलाई ९ विकेटले पराजित गर्दै काठमाडौँले फाइनलमा स्थान बनाएको हो । ६९ रनको लक्ष्य क्याट क्वीन्स काठमाडौँले ९ ओभर पाँच बलमा मात्रै एक विकेटको क्षतिमा भेट्टायो । उसका लागि कप्तान रुबिना बेलबासेले ३० बलमा नटआउट ३४ तथा अप्सरी बेगमले २८ बलमा नटआउट २७ रन बनाइन । रोमा थापा भने बिना रन आउट भएकी हुन् ।पहिले ब्याटिङ्ग गरेको विराटनगर टाइटन्सले १७ ओभर तीन बलमा सबै विकेट गुमाएर ६८ रन बनायो । उसका लागि सानु खड्काले २५ बलमा ६ चौकाको सहयोगमा ३४, ज्योती पाण्डेले २० बलमा १२ तथा आरती बिडारीले २२ बलमा ११ रन बनाइन् । क्याट क्वीन्स काठमाडौँकी रुबिना बेलबासेले चार रन दिएर चार विकेट लिइन् । क्याट क्वीन्सले बिहीबार फाइनलमा चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ । चितवन राइनोज यसअघि नै फाइनलमा पुगेको थियो । चितवनसँग पराजित भएको विराटनगर टाइटन्स काठमाडौँसँग पनि पराजित भएको हो ।

LEAVE A REPLY