साह हत्या प्रकरण ः काकासँग पैसा माग्न आएका साहलाई भतिजाले हाने गोली

0
161

धनुषा ०६ कात्तिक । धनुषामा बुधबार एक पेट्रोल पम्पका सञ्चालक व्यवसायीको गोली हानी हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका मुजेलिया वडा नम्बर १४ विद्युत प्राधिकरण नजिकै पेट्रोल पम्प व्यवसायी मनोज साहको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।

Advertisements

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, गोली प्रहारबाट घाइते साहको घटनास्थलमा नै मृत्यु भएको छ । साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन्।

मृतक साहले स्थानीय पंकज चौधरीलाई पैसा दिएका थिए । सोही पैसा लिन गएका साहलाई चौधरीले गोली हानेका छन । मृतक साहलाई छातीमा दुई वटा गोली लागेको हो । घटनाका बारे एक स्थानीय अनुसार, वडा नम्बर १४ भुजेलीमा मनोज पंकजको घरमा पैसा माग्न गएका थिए । सोही समयमा पंकजले साहमाथी गोली हानेका छन ।

पंकजको घरमा पैसा माग्न गएका थिए । सोही समयमा मनोजलाई गोली हानिएको छ । घटनालगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष अशोक चौधरीका आफ्नै भतिजा भएको खुल्न आएका छन । पंकजले स्थानीय स्तरमा ठेक्कापट्टा गर्दै आएको छ ।

पंकजका पैतृक घर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५ रामपुर गाउँमा रहेको हो । केही वर्षअघि पंकजले वडा नम्बर १४ मुजेलियामा पनि घर किनेर बस्दै आएको थियो । मृतकको शव परिक्षणका लागि अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएका छन ।

घटनापछि छिमेकीको घरमा लुकेर बसेको अवस्थामा प्रहरीले चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका चौधरीका साथबाट प्रहरीले कटुवा पेस्तोल तथा गोली बरामद भएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दियो ।

LEAVE A REPLY