बाटुली पोखरीको प्रचारका लागि ११ औं लियो खुल्ला दौड हुदै

0
46

भरतपुर ०७ कात्तिक । नेपालीको महान चार्ड दिपावलीको अवसरमा ११ औ लियो खुल्ला दौड हुने भएको छ । भरतपुर १३ राइनोकुञ्जमा रहेको बाटुली पोखरी देखि भरतपुर ६ गीतानगर सम्म दौड हुने आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । लियो क्लव अफ गीतानगरको आयोजनामा हुने दौड कात्तिक ९ गते बिहान ७ बजे देखि सुरुहुने लियो क्लव अफ गीतानगरका अध्यक्ष बिशाल कोइरालाले जानकारी दिए । दौडलाइ योङ्ग नेपाल र बाटुली पोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले सह आयोजना गर्ने भएका छन् ।

११ आंै संस्करणको दौड बिशेष गरि पर्यटन प्रवद्धनमा केन्द्रित रहने अध्यक्ष कोइरालाको भनाइ छ । “पर्यटकीय स्थल बाटुली पोखरीको प्रचार प्रसार गरांै, पर्यटन बर्ष २०२० लाई भब्य रुपमा सफल पारौ” भन्ने मुल नाराका साथ मिनी म्याराथुन हुन लागेको हो । बाटुली पोखरी देखि भरतपुर ६ गीतानगर सम्म ५.५ किलोमिटर को दुरीमा धावक प्रतिस्पर्धामा उत्रिने छन् । दौडको उद्धेश्य मुख्यतः भरतपुर १३ राइनोकुञ्जमा रहेको बाटुली पोखरीको संरक्षण र प्रवद्धनका साथै प्रचार प्रसार रहेको छ । “दौडले खेलकुदको विकास त हुनेनै छ, साथै यसको माध्यमबाट पर्यटकिय स्थलको समेत प्रचार प्रसार हुनेछ ।” अध्यक्ष कोइरालाले भने, “ पर्यटन बर्ष २०२० लाई सफल बनाउन प्रतियोगिताले सहयोग गर्ने छ ।” उनले युवाहरुलाई पर्यटकीय गतिबिधिमा संलग्न गराउन प्रेरित गर्न दौड गर्न लागिएको बताए ।

“दौड हुने मध्यवर्ती क्षेत्रमा हो, जंगलको सिमानामा बसोबास गर्ने बासिन्दालाई दौड मार्फत वन र वन्यजन्तु संरक्षणमा चेतना अभिवृद्धि गरि दुर्लभ वन्यजन्तुको संरक्षण र चोरी सिकारी नियन्त्रणमा सहभागी गराउन प्रेरीत गर्नेछौ ।” बाटुली पोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हरिदत्त मिश्रले भने, “यसले जैविक विविधता संरक्षणमा टेवा समेत पुर्याउने छ ।”

दौडमा करिव १ सय जना धावकको प्रतिस्पर्धा हुने आयोजकको अपेक्षा छ । प्रवेश शुल्क रु १ सय रहेको छ । दौडमा प्रथम हुनेले १० हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । द्धितीय र तृतीय हुनेले क्रमशः ५ हजार र ३ हजार नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । कार्यक्रम बाट संकलित रकम गरिव तथा जेहेन्दार बिद्यार्थीलाइ वितरण गरिने छ ।

LEAVE A REPLY