भरतपुरलाई सडक मानवमुक्त महानगर घोषणा गरिदै

0
41

शिव शर्मा भरतपुर ०७ कात्तिक । चितवनको भरतपुर महानगरलाई कार्तिक ९ गते अभिभावक विहीन सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिने भएको छ । बिहिवार महानगरमा पत्रकार सम्मेल गरी प्रमुख रेनु दाहालले अब भरतपुरका सडकमा अभिभावकविहीन सहयोगापेक्षी सडक मानव नहुने जानकारी दिईन । यस आर्थिक वर्षमा भरतपुरलाई सहयोगापेक्षी सडकमानव मुक्त महानगर घोषणा गर्ने महानगरको लक्ष्य बमोजिम यो कार्यक्रम हुन लागेका महानगर प्रमुख दाहालले बताईन् ।

“स्वयं आफ्ना लागि केही गर्न नसक्ने तथा पालनपोषण एवं हेरचाहको लागि परिवारका अन्य सदस्यहरु समेत कोही पनि नभई वेवारिसे असहाय सहयोगापेक्षी सडकमानवहरु रहित पहिलो महानगरको रुपमा भरतपुर महानगरपालिका घोषणाको अन्तिम तयारी भईरहनु भनेको समग्र भरतपुर महानगरबासीको लागि गर्वको विषय हो ।” प्रमुख दाहालले भनिन्, “यो अहिले अभियानको रुपमा चलिरहेको छ । घोषणा पश्चात पनि अभियानले निरन्तरता पाउने छ । ” भरतपुर महानगर र मानव सेवा आश्रमको संयुक्त पहलमा सडक मानवको व्यवस्थापन गरिने छ ।

भरतपुरले गर्न लागेको यो काम सम्पुर्ण स्थानीय तहहरुको लागि उदाहरणीय तथा अनुकरणीय हुने उनको भनाइ छ ।
अभिभावकविहीन सहयोगापेक्षी सडक मानव मुक्त घोषणा गर्न ५ वटा आधार तय गरेर तयारी अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद सुवेदीले जानकारी दिए । घोषणा पश्चात पनि यसको निरन्तरता र सफलताको लागि वडा कार्यालय, नेपाल प्रहरी लगाएत संग सहकार्य गर्ने उनको भनाइ छ ।

अहिले प्रत्यक दिन साझ ८ बजे पछि महानगर प्रमुख रेणु दाहालको सक्रियतामा अभियान संचालन भैरहेको छ । अभियानका क्रममा करिव २ सय भन्दा बढी सडक मानवलाइ रेस्क्यु मार्फत मानव सेवा आश्रममा ल्याइएको थियो । जसमध्य ८ जनालाई आश्रम मा नै राखेर सहायता दिनु पर्ने पाइएको छ । भारतीय सिमावर्ती जिल्लाबाट कामको खोजिमा आएका, मनोरोगी, अपांगता भएका व्यक्ति, मजदुर, माधक पदार्थ सेवन गर्ने, फिरन्ते मानव, पेशेवर मगन्ते, तिर्थ आएका बाबाहरु र तेस्रो लिंगी हरु सडकमा भेटिने गरेका छन् । त्यसमा पनि ९० प्रतिशत बढी माधक पदार्थ सेवन गर्ने र लागु औसध सेवन गर्ने रहेका छन् ।

प्रमुख दाहालका अनुसार ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा उक्त घोषणा कार्यक्रम हुने छ । पैदर्ल यालीपछि महानगर परिसरमा बिहान ११ः४५ बजे घोषणा सभा गरिने कार्यक्रम रहेको छ ।

र्याली बिहान १०ः३० बजे क्याम्पाचौरबाट सुरु भई पुतलिबजार–पुल्चोक–शहिदचोक–लायन्सचोक हुँदै भरतपुर महानगरपालिकाको प्राङगणमा आउनेछ र्। यालीमा सहभागी हुन प्रमुख दाहलले सम्पूर्ण महानगरवासीहरुलाई आग्रह गरिन् ।

LEAVE A REPLY