प्रशासनले प्रतिवन्ध लगाएपनि पड्कन छाडेन पटका

0
489

रविना पौडेल, चितवन। तिहार नजिकिदै  जांदा भरतपुरमा पटका आतंक बढ्दै गएको छ । प्रशासनले पटका खरिद विक्रि गर्न र पड्काउन प्रतिबन्ध लगाएपनि अहिले बजारहरुमा ब्यापारीहरुले लुकाईछिपाई पटका विक्रि गरिहेका छन् भने बालबालिका तथा यूवाहरु समेत ठाउँठाउँमा पटका पड्काएर रमाईरहेका छन् ।

Advertisements

तिहारमा पटका पड्काउन प्रतिबन्ध लगाईएपनि कार्यान्वयन हुन भने सकेको छैन । भारतिय सिमावर्ती बजार बाट लुकाईछिपाई ल्याएका पटका अहिले चितवनका विभिन्न ठाउँमा पाईन्छ । प्रहरीले  पटका नियन्त्रण गर्नका लागि सिमा क्षेत्रबाट नेपाल प्रहरी र शसस्त्र प्रहरीले पटकाहरु समेत बरामद गरेर नष्ट गरे पनि लुकाईछुपाई पटका ल्याएर बेचिएको पाइएको छ।

पटका पड्काउनका लागि रोक लगाउने प्रशासन खुल्लेआम पटका पड्काईरहदा भने प्राय मुखदर्शक बन्ने गरेको छ । नत पटका किनबेच गर्ने ब्यापारीहरुलाई अनुगमन गर्दछ नत पड्काउनेहरुलाई कारबाहि नै गर्दछ ।

 

LEAVE A REPLY