वर्ड प्रेस भरतपुर कम्युनिटीले राष्ट्रिय स्तरको वर्डक्याम्प गदै

0
43

भरतपुर ०८ कात्तिक । वर्ड प्रेस भरतपुर कम्युनिटीले अन्तराष्ट्रिय स्तरको वर्डक्याम्प भरतपुर कार्यक्रम गर्ने भएको छ । चितवनलाई आइटी क्षेत्रमा विकास गर्न कार्यक्रम गर्न लागिएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । चितवनलाई आइटी क्षेत्रमा अझ अग्रसर बनाउदै अवसर सृजना गर्ने उद्धेश्यले कार्यक्रम गर्न लागिएको वर्ड क्याम्प भरतपुरका प्रमुख आयोजक बिकाश पुनले बताए । उनका अनुसार अहिले विश्वमा ७५ मिलियन भन्दा धेरै वेबसाइट हरु वेबमा समावेश छन् । कार्यक्रममा नेपाल सहित भारत र बंगलादेश बाट १७ जना अन्तरास्ट्रिय स्तरका वर्ड प्रेस संग सम्बन्धित बक्ता र बिज्ञको सहभागिता हुने वर्ड प्रेस भरतपुर कम्युनिटीकि सदस्य प्रिया गैरेले बताइन् । कार्यक्रममा १६ वटा सेक्सन रहने छन् । जसमा वर्ड प्रेसमा काम गर्ने कम्पनी, सफ्टवेयर बिकास कर्ता, विद्यार्थी लगाएत लोकल कम्युनिटीमा आवद्ध सदस्य सहभागी रहेछन् । बिस्वभर अहिले सम्म वर्ड क्याम्प ६५ देशका ७५ सहर हरुमा १ हजार ४४ वटा भैसकेका छन् । क्याम्पमा सहभागी हुनेले वर्ड प्रेस सम्बन्धि विभिन्न अवसर र उपयोगका बारेमा बिस्तृत जानकारी लिन पाउने सहजकर्ता सुलभ अधिकारीले बताए । क्याम्पमा करिव ३ सय जनाले सहभागिता जनाउने आयोजकको अपेक्षा रहेको छ । क्यापमा प्रेस वर्ड संग सम्बन्धित अन्य खुल्ला श्रोत सफ्टवेयरमा आधारित भै प्रस्तुतीकरण हुनेछ । कार्यक्रम कात्तिक २३ गते पानारोमा गार्डेनमा हुनेछ ।

LEAVE A REPLY