भरतपुर ‘सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर घोषणा

0
176

भरतपुर महानगरपालिकालाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर घोषणा गरिएको छ । आज शनिबार प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले घोषणापत्र वाचन गरी नेपालकै पहिलो ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा गर्नु भएको हो ।

Advertisements

मानव सेवा आश्रमको सहयोगमा महानगर, स्थानीय प्रशासन लगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउनका लागि असोज २७ गतेदेखि बेलुका ८ देखि ११ बजेसम्म महानगरका विभिन्न क्षेत्रका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा उद्धार एवं परामर्श सेवा शुरु गरिएको थियो । सो क्रममा बुधबारसम्म २५० जनालाई उद्धार गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुबेदीले जानकारी दिनुभयो ।

महानगरप्रमुख रेणु दाहालले महानगरको क्षेत्र ठूलो भएकाले शहरदेखि गाउँसम्म यो अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । कार्यक्रममा प्रतिवद्धता जाहेर गर्दै  दाहालले घोषणासंगै यसलाई निरन्तरता दिनु चुनौतीपूर्ण रहेको र यसलाई सार्थक बनाउन सबैको साथ र सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।

दाहालले चितवनमा सडकमानवको समस्या पहिचानका लागि स्क्रिनिङ सेन्टर निर्माण गर्ने समेत बताउनुभयो। उहाले हाललाई सडकमा भेटिएका सहयोगापेक्षीलाई मानव सेवा आश्रममा राख्ने र मानव सेवा आश्रमको घर भाडा महानगरले तिरिदिनुको साथै आश्रमलाई महानगरले सवारी साधन दिने समेत बताउनुभयो।

LEAVE A REPLY