माटोको पालाको व्यापार घट्यो

0
155
पछिल्लो समय विभिन्न किसिमका विदुयित बत्तीहरु भित्रिन थाले संगै माटोको पालाको व्यापार घटेको माटाका भाडाँकुडा व्यवसायीले बताएका छन्।
विगतका दिनमा तिहारलाई लक्षित गरी माटाको पालाको माग बढ्दथ्यो भने अहिले विदुतीय बत्तिहरु प्रयोग भएसंगै पालाको माग कम रहेको व्यवसायी सरिता श्रेष्ठ्रले बताइन। दशैँको समयदेखि नै पाला बनाउन भ्याइनभ्याइ हुन्थ्यो पहिले पहिले तर अहिले सबै विदुतीय बत्तीले गर्दा पालाको शिल्पको अस्तित्व नै समाप्त हुने गरेको व्यवसायी श्रेष्ठ्रले बताईन । आधुनिक तिहारसँग उनले धेरै गुनासो गरिन्, माटोका भाँडाको व्यापार पहिला झैँ राम्रो छैन। मेहनत अनुसारको पैसा पनि आउँदैन। घर चलाउन र बालबच्चा पाल्न यसैको भर पर्ने अवस्था पनि छैन। गाउँघर स्थानिय स्तरमा पाला बनाउदा दर्जनलाई ३० देखि ४० रुपिँया पर्दथ्यो ।तर अहिले व्यावसायि नै खरिद गरेर बेच्नुपर्ने अवस्था सिर्जना हुदा अहिले बजारमा माटाका पाला दर्जनलाई ५० देखि ५५ रुपियाँ सम्म बेच्ने गरेको व्यवसायी श्रेष्ठ्रले जानकारी दिईन।

 

विशेष गरी दिपावली, छठ तथा विभिन्न चाँडपर्वका बेला घरलाई उज्यालो बनाउन र सिंगार्न माटोकै विभिन्न सामग्री प्रयोग गर्ने  संस्कृति थियो तर अहिले आयातित बत्तिले पेशा संकटमा परेको श्रेष्ठ्र बताउछिन्

Advertisements

LEAVE A REPLY