पश्चिम चितवनको गीतानगर बजारमा प्रोफेसनल एजुकेसन कन्सर्ट २०१९ हुदै,

0
250

चितवन कात्तिक १० । पश्चिम चितवनको गीतानगर बजारमा प्रोफेसनल एजुकेसन कन्सर्ट २०१९ हुने भएको छ । गीतानगर ब्वाइज क्लवको आयोजनामा कात्तिक ११ गते प्रोफेसनल एजुकेसन कन्सर्ट हुन लागेको हो । गीतानगरमा सांगीतिक माहोल सृजना गर्दै चितवनमा रहेका ब्याण्डहरुलाई समेत प्रवर्धन गर्ने उद्धेश्यले कन्सर्ट हुन लागेको कार्यक्रम संयोजक अमृत गुरुङले बताए । कन्सर्टमा चितवनको उत्कृष्ट ब्याण्डहरु ट्रक्सी र कटाव ब्याण्डको बिशेष प्रस्तुति हुने छ । साथै नेपालीको विविध भेषभुषा, रहनसहन र सस्कृति झल्काउने नृत्य र सांगीतिक प्रस्तुति समेत हुने गीतानगर ब्वाइज क्लवका अध्यक्ष हिमाल कोइरालाले जानकारी दिए । कन्सर्टको मुख्य प्रायोजक उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श दिने चितवनको उत्कृष्ट कन्सल्टेन्सी प्रोफेसनल एजुकेसनले गरेको छ । प्रायोजकमा जापान जानका लागि परामर्श दिने सेन्ट्रल कलेजले गरेको छ । कार्यक्रम अपरान्ह ३ बजे देखि सुरु हुनेछ । कन्सर्ट प्रवेश निशुल्क गरिएको छ । प्रोफेसनल एजुकेसन कन्सर्ट २०१९ को तयारि अन्तिम चरणमा पुगेको संयोजक गुरुङले बताए ।

Advertisements

LEAVE A REPLY