आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ११ औं जन्मजयन्ती

0
23

महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज १ सय ११ औँ जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँशी अर्थात लक्ष्मीपूजाका दिन भएको हो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्।

उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिकेको पुस्तक हो ।

LEAVE A REPLY