६ लाख ७८ हजार नगद सहित ८ जना जुवाडे पक्राउ

0
149

दाङको लमहीबाट ६ लाख ७८ हजार नगदसहित ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान अन्दाजी १ बजेको समयमा उनीहरुलाई नगद ६ लाख ७८ हजारसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisements

दाङको लमही-५ लमही बजार बस्ने बर्ष ४८ को रत्न प्रसाद श्रेष्ठको घरमा जुवा तास र कौडा खेलिरहेका गोप्य सूचनाका आधारमा लमही प्रहरीले रत्न प्रसाद श्रेष्ठ सहित ८ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरुका साथबाट प्रहरीले १३ गड्डी नखोलेको तास, ३ गड्डी खोलेको तास,  ३२ थान कौडा समेत बरामद गरेको छ।

उनीहरुलाई दफा ९ जुवा सम्बन्धी कसुरमा मुद्दा दर्ता भई आवश्यक कारवाही अगाडी बढाइने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY