राष्ट्रपति, प्रधानमन्त्री तथा दलका शीर्ष नेताबाट दीपावली र नेपाल सम्वतको शुभकामना व्यक्त

0
16

काठमाण्डौ १२ कात्तिक । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र दलका शीर्ष नेताले दीपावली एवं नेपाल संवतको नयाँ वर्ष ११४० को अवसरमा शुभकामना दिनुभएको छ ।

शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको मौलिक संवतको रूपमा रहेको नेपाल संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास गर्नुभयो ।

दीपावली र नेपाल संवतको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना दिनुभएको छ । उज्यालो र उल्लासको पर्वको रूपमा मनाइने दीपावलीलाई स्वागत गरेर हर्षोल्लासका साथ मनाइँदै गर्दा नेपालको मौलिक संवत् नेपाल संवतको नव वर्ष ११४० को सुखद् प्रारम्भ पनि यसै अवसरमा भएको भन्दै उहाँले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई मजबुत बनाएको बताउनुभयो ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवतले नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने बताउनुभएको छ । उहाँले शुभकामना सन्देशमा नेपाल संवत् मौलिक संवत् भएको, नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट शुरु गरिएको पनि बताउनुभयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि अन्धकार विनास गर्ने उज्यालोको चाड तिहारले नेपालको अभिशापका रूपमा रहेका सबैखाले अँध्यारोमाथि विजय पाउने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । सभापति देउवाले नेपाल संवत् ११४० को पनि शुभकामना दिनुभएको छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले ९३७ साल ९इ सं ८८०० मा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवत सुरुवात गराउनुभएको मानिन्छ । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले बताउनुभयो ।

LEAVE A REPLY